शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य आजपनि घट्यो, कति पुग्यो तोलाको ?

आइतवार , मंसिर ८, २०७६

नेपाली बजारमा आइतवार सुनको मूल्य १ सयले घटेको छ । साताको अन्तिम दिन शुक्रवार तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतवार तोलामा ७१ हजार ६०० र प्रति दश ग्रामको ६१ हजार ३ सय ८५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ७२ हजार उकालो चढेको सुन केही समय यता लगातार ओरालो लागिरहेको छ ।

तेजावी सुन तोलामा ७१ हजार ३०० मा र प्रति दश ग्रामको ६१ हजार १ सय ३० रुपैयाँ कारोबार भएको महासंघको भनाइ छ ।

यस्तै, चाँदीको मूल्यमा पनि ५ रुपैयाले घटेको छ । आइतवार चाँदी तोलाको ८५५ र प्रति दश ग्रामको ७ सय ३३ रुपैयाँ रहेका रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया