शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज मंसिर ०६ गते शुक्रबार सुनको भाउ घट्यो

शुक्रवार , मंसिर ६, २०७६

नेपाली बजारमा केहि दिनदेखि लगातारजसो बढिरहेको सुनको भाउ केहि ओरालो लागेको छ । साताको छैटौं दिन आज शुक्रबार सुनको भाउ ३ सयले घटेको हो ।

शुक्रबार ३ सयले घटेर सुन तोलाको ७१ हजार ७ सय रुपैयाँ र प्रति दशग्रामको ६१ हजार ४ सय ४ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । बिहीबार सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ४ सय र प्रति दश ग्रामको ६१ हजार २ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार तेजावी सुनको मूल्य ७१ हजार ७  सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण स्थानीय बजारमा सुनको मूल्य घटेको महासंघले जनाएको छ ।

स्थानीय बजारमा सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदीको मूल्य ८६० रुपैयाँ र प्रति दश ग्रामका ७ सय ३७ रुपैया ५० पैसा कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया