– सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको छ । बुधबार र बिहीबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रवार तोलाको ७१ हजार र प्रति दशग्रामको ६० हजर ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मुल्य प्रतितोल ७० हजार ७ सय रुपैयाँ र प्रति दश ग्रामको ६० हजार ६ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ र प्रति दश ग्रामका ७ सय ३७ रुपैया ५० पैसामा कारोबार भैरहेको छ । गएको शुक्रबारदेखि नै तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ एक हप्तापछि बढेको हो ।