शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

विभिन्न रोगको प्रकोपले जुनार उत्पादन आधा कम

बुधवार , आश्विन २९, २०७६

सिन्धुलीको तीनकन्यामा जुनार बगैचामा फल टिप्दै एक महिला किसान् ।फाईल तस्बिर: बाबुराम देवकोटा, सिन्धुली

  ,यो बर्षको जुनार बिक्री गर्ने सिजन सुरु हुनै लाग्यो । बगैंचामा जुनार गत बर्षको तुलनामा झण्डै आधा कम छ् । भएको जुनारमा पनि विभिन्न रोग देखा परेको छ । यही समस्यामा छन्, यतिखेर सिन्धुलीका जुनार उत्पादक किसान । जुनार उत्पादनमा आधा घटेसँगै भएको फलमा औंसा किरा, कालो ध्वासे रोग र फल चुस्ने पुतलीको प्रकोपले निरास बनाएको जुनार किसानहरुको गुनासो पाईन्छ । गत बर्ष सिजनमा जुनार बिक्री गरि आठ लाख रुपिया भन्दा बढी आम्दानी लिनु भएका गोलान्जोर गाँउपालिका–६ नाकाझोली निवासी किसान अर्जुन कोईराला यो बर्ष आम्दानी आधा घट्ने देखेर निरास बनेका छन । उनले भने, “यो बर्ष उत्पादन आधा घट्न् देखिएको छ । जुनारको दानामा पुतली बसेर चुस्ने र चुसेको ठाँउमा ठूसी आएर रुखबाटै दाना झर्ने समस्या देखिएको छ ।” जुनार किसानले औंसा किरा र कालो ध्वासे रोग झेली रहेको बेला पछिल्लो समयमा आएर पुतलीको समस्या देखिएको उनले सुनाए । यि तीन वटै रोगको समस्याबाट आफुले २९ रोपनी जमिनमा गरेको एक हजार छ सय बोट जुनाारको बगैंचा प्रभावित भएको किसान कोईरालले दुःखेसो पोखे । सिन्धुलीका जुनारको सिजन कात्तिक महिनाको दोस्रो सातदेखि पुस महिनाभरि रहेको किसानले बताएका छन् । यतिखेर जुनार क्षेत्र पँहेलपुर बन्ने गर्दछ । तीनकन्याका किसान लोकबहादुर आलेमगरेको गुनासो पनि कोईरालाको भन्दा कम छैन । “गएको सिजनमा जुनार बिक्री गरी नौ लाख रुपिया आम्दानी लिएको थिए,” उनले भने, “गाँउभरिकै समस्या एउटै छ, सबैको बगैंचामा रोग देखिएको छ ।” जुनार बिक्रीको सिजन सुरु हुने बेलामा अनेक प्रकारका रोगको सामना गर्नु परेको उनले बताए । किसान आलेमगरले भने, “यहाँका सबै किसानको मुख्य आम्दानीको स्रोत भनेकै जुनार खेती हो । बिक्री गरेर आम्दानी भिœयाउने बेलामा जुनारमा रोग किराले अहिलेसम्म छाडेको छैन । विभिन्न रोगको प्रकोपले मेरो बगैचामा रहेको जुनारका पाँच सय भन्दाबढी बोट प्रभावित पारेको छ ।” उनका अनुसार जुनारको चिचिला लाग्ने बेलामा खडेरीले उत्पादन प्रभावित ग¥यो । त्यसपछि कालो ध्वासे रोग, किरा र पुतलीको प्रकोपले जुनार उत्पादन आधा घटेको छ । तीनकन्यामा मात्रै जुनार उत्पादन ६० प्रतिशतले घट्ने अनुमान किसानहरुको छ । जिल्लामा जुनार खेतीको पकेट क्षेत्र रहेको तीनकन्या, बाशेश्वर र रतनचुरा लगायतका ठाँउमा रोगको प्रकोपले उत्पादन घटेको स्थानीय किसानहरुले बताएका छन् । जुनार उत्पादनका लागि राजधानी नै मानिने तीनकन्यामा कालो ध्वासे रोगको प्रकोप देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपर जोन कार्यक्रमका अनुसार फल चुस्ने पुतली (सुई किरा) का कारण कुनै बगैचामा आधा फल झरेको पाईएको छ । फल चुस्ने पुतली नयाँ समस्याका रुपमा थपिएको जानकारी दिदै सुपर जोन कार्यक्रमका प्रमुख देवराज अधिकारीले ओसिलो बगैंचामा बढी उक्त पुतलीको प्रकोप देखिएको बताए । जुनार उत्पादन बढी हुने क्षेत्र किराँते, तमौरे, फेदाहा, खनियाखर्क र जलकन्या लगायतका ठाँउमा उक्त पुतलीको प्रकोप बढी पाईएको उनले जानकारी दिए । औंसा किरा नियन्त्रणका लागि क्षेत्रगत किरा नियन्त्रण कार्यक्रममा जुनार क्षेत्रका ७० प्रतिशत बगैंचा समेटिएका र प्रोटिन बेट नामक बिषादी छर्कदा प्रभाव सकारात्मक पाईएको उनले सुझाए । उनले भने, “औंसा किराबाट जुनार गत बर्ष ४० प्रतिशत क्षेति थियो भने यो बर्ष उक्त बिषादी छर्कदा १०/ [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] १२ प्रतिशत क्षेतीमा झरेको छ । शुन्य नै पार्न चाहि सकिदैन ।” औंसा किरा नियन्त्रणका लागि प्रोटिन बेट बिषादी खरिदमा किसानलाई ५० प्रतिशत अनुदान दिईएको पनि उक्त कार्यक्रमले जनाएको छ । कालो ध्वासे ढुसी रोग सिजनको नियमित रोग भएको जानकारी दिदै सुपरजोन प्रमुख अधिकारीले भने, “लाई, कत्ले किरा, सुस्ने किराका कारण जुनारमा यो रोग लाग्दछ । यस्लाई सुरुमै नियन्त्रण गर्न सके रोगबाट बचाउन सकिन्छ ।” यो रोगले जुनारको उत्पादन नघटाई गुणस्तर भने घटाउने उनको भनाई छ । प्राविधिक रुपमा किसानलाई बिषादी छर्किन र सजगता अप्नाउन सुझाएको जुनार सुपर जोन प्रमुख अधिकारीले बताए । जुनार सुपर जोनले जुनार खेतीको आफ्नो कार्य क्षेत्र रहेको एक हजार हेक्टर मध्ये एक सय हेक्टरमा लगाईएको जुनार खेतीमा कालो ध्वासे ढुसी रोगबाट प्रभावित भएको जनाएको छ । सिन्धुली जिल्लामा अहिलेसम्म एक हजार ३२५ हेक्टर जमिनमा जुनार खेती हुदै आएको र त्यसमध्ये ६२७ हेक्टरमा गरिएको जुनार खेतीले फल दिदै आएको छ । जिल्लामा गत बर्ष आठ हजार पाँच सय मेट्रिक्टन जुनार उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया