मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय प्रणाली हाल बंगलादेश तथा आसपासका क्षेत्रमा रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी २४ घण्टामा पहाडी भू–भागमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले सावधानी अपनाउनु पर्ने मौसम नभएको जनाएको छ ।
आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले (शनिबार) आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू–भागमा मौसम सफा रहने जानकारी दिएको छ ।
शनिबार राति पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यया सफा रहने तथा राति पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने छ ।
त्यस्तै सोमबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भागमा मौसम सफा रहने तथा राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यया सफा रहने महाशाखाको पूर्वानुमान छ ।