प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक ईन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको छ । महराको स्वास्थ्य अवस्था खराब भएपछि प्रहरीले नर्भिक अस्पतालमा भर्ना गरेको हो । उनलाई प्रहरीले अस्पताल पुर्याएको हो ।
उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभाव जस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको थियो ।
उनको स्वास्थ्य अवस्था आज विहानदेखि अझै बिग्रिएको हो । महराले उपचारका लागि अस्पताल जान भने मानेका थिएनन् ।
उपचारका लागि अस्पताल जान नमानेपछि हिरासतमै अक्सिजन दिइएको थियो । उनले आज विहानसम्म पनि उपचारका लागि अस्पताल जान मानेका थिएनन् ।
उनलाई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।