शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

जेलभित्र महरा ईतिहासका पुस्तक पढ्दै

बिहिवार , आश्विन २३, २०७६

 

यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको दिनाचार्य फेरिएको छ । जेलभित्र महराले पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटवार्ता पनि गरेका छैनन् । बरु, उनी पुस्तक अध्ययनमा जुटेका छन् । स्रोतकाअनुसार महराले ईतिहाससम्बन्धी पुस्तक बढि मगाएका छन् ।

यसअघि महराको स्वास्थ्यमा केही समस्या आएको समाचार बाहिर आएको थियो । तर, अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । आइतबार पक्राउ परेका महरालाई सिंहदरबारस्थित प्रहरी चौकीमा राखिएको छ । उनलाई सुगर र प्रेसरको समस्या देखिएको थियो । पहिलादेखि नै सामान्य विरामी महरा पक्राउ परेपछि थप अप्ठ्यारो महसुस गरेका थिए ।

तर, उनी अस्पताल जान मानेका छैनन् । सार्वजनिक स्थानमा जान उनले अप्ठ्यारो मानेका हुन् । त्यसैले उनको स्वास्थ्यको ख्याल गर्नका लागि हिरासत कक्षमा नै अक्सिजन, चिकित्सक र गाडी स्ट्याण्डबाइ राखिएको स्रोतले जानकारी दिएको छ । उनलाई बेलाबेलामा श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिइएको छ । अस्पताल जान नमाने पनि ठूलै समस्या हुन्छ कि भन्ने डरले प्रहरी अस्पतालको गाडी तैनान अवस्थामा राखिएको छ ।

प्रतिक्रिया