शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

प्रधानमन्त्रीद्वारा छलफल

बिहिवार , आश्विन २३, २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन ।

यस्तै पूर्व परराष्टमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, सुजाता कोइराला, प्रकाशशरण महत, रमेशनाथ पाण्डे लगायतको पनि सहभागिता छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले गर्न लागेको भ्रमणलाई फलदायी बनाउन छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति शीको भ्रमणका क्रममा नेपाल–चीन रेल्वे लगायत केही सम्झौता हुने परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया