मौसम पूर्वानुमान महाशाखाले पश्चिम बंगालको आसपास रहेको न्यून चाचीय क्षेत्रका कारण पूर्वी र भागमा आंशिकदेखि सामान्य बदली भई पूर्वी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका भुभागमा सामान्यतया मौसम सफा रहेको छ ।
आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले बिहीबार (आज) दिउँसो देशभर बदली रही पूर्वका केही तथा मध्य र पश्चिमी पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
अहिले देशको पश्चिमी पहाडी भुभाग आंशिकदेखि सामान्य वदलि र मध्य तथा पश्चिमी पहाडमा आंशिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहेको छ।
महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ
आज दिउँसो: देशभरि आंसिकदेखि सामान्य बदलि रहि पुर्वका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति: देशको मध्य तथा पुर्वी भुभागमा आंसिकदेखि सामान्य बदलि साथै पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। पुर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
असोज २४ गते शुक्रबार :- दिउँसो: देशको पहाडी भुभागमा आंसिकदेखि सामान्य बदलि रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।
राति: देशको पहाडी भुभागमा आंसिक बदलि रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।
असोज २५ गते शनिबार :- दिउँसो: देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहि पहाडका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।
राति: देशको पहाडी भुभागमा आंसिक बदलि रहने र तराईका भुभागमा सामान्यतया सफा रहेको छ।