• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

नाजिर हुसेन नायिका आँचललाई फकाउँदै (हेर्नुस भिडियो)

सिन्धुली साैगात संवाददाता

काठमाडौं –गायक महेश काफ्लेले महेश काफ्ले र मेलिना राईको स्वर भएको नयाँ गीत बजारमा ल्याएका छन् । काफ्लेले ‘माया बिरानी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

जि २१ डिजिटलको प्रस्तुति रहेको गीतमा गायक काफ्लेको शब्द तथा संगीत रहेको छ । यस्तै गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको गीतको भिडियोमा प्रेमभाव देख्न सकिन्छ । भिडियोमा आँचललाई नाजिरले फकाइरहेको देख्न सकिन्छ । यो भिडियोको निर्देशन असिम शाहले गरेका हुन् ।

हेर्नुस भिडियो :

 

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६