• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

दुधमा आत्मानिर्भर बनाउने योजनामा मरिण गाउँपालिका

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सिन्धुली साैगात संवाददाता

सिन्धुली – मरिण गाँउपालिका सिन्धुलीले दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बन्न योजना अघि सारेको छ । किसानलाई जर्सी गाँई तथा उन्नत जातको भैसी पालन गर्न लगाई दुध उत्पादन बढाउने गाँउपालिकाले योजना अघि सारेको हो ।

दुध उत्पादन बढाई गाँउपालिकाबाट उत्पादन भएको दुध बाहिरी जिल्लामा निर्यात गर्न योजना बनाएर अगाडी बढेका गाँउपालिका प्रमुख पानीराज बम्जनले बताए । उनले गाँउपालिकाले २२ लाखमा जर्सी गाँइ खरिद गरी किसानलाई वितरण गर्न लागेको जानकारी दिदैँ गाँउपालिकाको १,२,३,४ र ६ नम्बर वडाका किसानलाई जर्सी गाँई उपलब्ध गराउन लागेको बताए ।

गाई पालनका लागि गाई फर्मनै सञ्चालन गर्ने गरी कार्यविधि बनाएर किसानलाई गाई बाड्छौ, गाँउपालिकाले उपलब्ध गराएको गाईबाट किसानले दुध उत्पादन गर्ने र त्यसको बजारीकरण गाँउपालिकाले गर्ने गरी काम अगाडि बढाएको अध्यक्ष बम्जनले बताए ।