• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

पार्टी सुदृढ पार्न व्यक्तिका होइन, नीतीको पछी लाग्नुपर्ने : निधि

प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

सिन्धुली साैगात संवाददाता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सुदृढ पार्न व्यक्तिका होइन, नीतीको पछी लाग्नुपर्नेमा जोड दिएका छन ।
वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर सुरु भएको दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत कांग्रेसले हरेक प्रदेशसभा सबैको मन जित्नेमा उनी विश्वस्त देखिए ।

उपसभापति निधीले पार्टीलाई सुदृढ बनाउन व्यक्ति नभएर नीतिको पछाडि लाग्न कार्यकर्ताहरुसँग आग्रह गरेका छन । नीतिलाई अवलम्बन गरेर अगाडि बढे पाटी भित्र रहेको गुटउपगुटको समस्यासमेत नरहने उनको तर्क छ । नेपाली कांग्रेसभित्र गुटउपगुट र अन्तर्घातको ठूलो रोग रहेको उनले बताए ।

“पार्टी भित्र गुटउपगुट र अन्तर्घातको समस्या ठूलो रोगको रुपमा देखा परेको छ,” उनले थपे “गुटउपगुट अन्त्य गर्न नीति र अन्तर्घात अन्त्य गर्न पार्टीप्रति प्रतिबद्ध हुनुको विकल्प छैन ।”

अन्तर्घातकै कारण पछिल्लो निर्वाचनमा पार्टीलाई पराजय भएको र आगामी दिनमा कांग्रेसलाई बलियो बनाउन गुटउपगुट र अन्तर्घातको राजनीति त्याग्नुपर्ने उनको धारणा छ ।

पहिलो चरणको जागरण कार्यक्रम पूर्ण सफल रहेको दाबी गर्दै निधीले दोस्रो चरण अन्तर्गत सामाजिक विसंगति, सरकारको गलत क्रियाकलापबारे आमनागरिकसँग सम्वाद गर्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

नेता कार्यकर्ताबीच आपसी सम्बाद साथै मतदाता र युवाहरुसँग सम्पर्क, सम्बाद र सक्रियता बढाउनु दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

दोस्रो चरणको नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रमको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै संविधानसभाको विरोध गर्नेहरु संघीयता पक्षधर हुन नसक्ने अभिव्यक्ति दिएका छन । उनले उपेन्द्र यादव नेतृतवको समाजवादी पार्टी सरकारमा भएर मात्र यादवले संशोधनको कुरा गर्न सकेको नसकेको बताएका छन । उपसभापति निधिले भने, “पार्टीकै नामबाट मधेश शब्द हटाइसकेकाले संविधानको विरोध गरेर मधेशी जनतालाई झुक्याउने काम गरिरहेको छ ।”

नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी जारी भएकाले भव्यताका साथ असोज ३ गते संविधान दिवस मनाउन पनि आग्रह पनि गरे । संविधानमा रहेका त्रुटिहरु संशोधन गर्न आफूहरु प्रतिवद्ध रहेको समेत बताएका छन ।

सरकारले संविधानको भावनाविपरित विधेयकहरु ल्याउन लागेको भन्दै निधीले नागरिकतासम्बन्धी कानुनमा समेत सरकार गलत देखिएको आरोप लगाए ।

अंगीकृत वैवाहिक नागरिकतासम्बन्धी पुरानो व्यवस्थामा कुनै हेरफेर गरिए आफूहरुलाई मान्य नहुने बताउँदै उनले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताए ।