• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

विप्लवका छोरा प्रहरी नियन्त्रणमा

प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

सिन्धुली साैगात संवाददाता

चितवन, भदौ २५ – नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट आज विहान पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।

प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शर्माले अनलाइनखबरलाई जानकारी दिए । अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनी प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का एक्ला छोरा हुँन् ।