• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

पेट्रोलियम पाइपलाईनलको सहजता

प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

सम्पादकीय

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय नेपाल–भारत पेट्रोलियम पाइपलाइन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा मंगलबार उदघाट्न गरेका छन् । पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक हो । पेट्रोलियम पाइपलाइन उदघाटनसँगै पेट्रोलियम पदार्थको मुल्य समायोजन गरिएको छ जसअन्तर्गत तीन इन्धनको मुल्य दुई रुपैँया घटाइएको छ । समग्रमा हेर्ने हो भने पाइपलाईनबाट पेट्रोलियम पदार्थको आपूर्ति हुँदा समय र खर्च मात्र नभएर वातावरणीय प्रदुषणमा पनि कमि आउनेछ । ३० महिनामा सम्पन्न गर्ने भनिएको पाइपलाईन १५ महिनामै संचालनमा आएको छ । यो अनुकरणीय पक्ष हो । किनभने, नेपालमा अधिकांश साना तथा ठूला परियोजना समयमै सम्पन्न हुन सकेको छैन । भारतको सहयोगमा संचालनमा आएको पाइपलानले पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता भएको छ । पाइपलाईन संचालनमा आएसँगै नेपाल भारत सम्बन्धको चर्चा पनि चुलिएको छ । नेपालले छिमेकि राष्ट्र भारत र चीनसँग सन्तुलन कायम गरेर अघि बढ्न सके त्यो नेपालका लागि फाइदाजनक छ । तसर्थ, यस्ता परियोजनाले जनतालाई सहजतामात्र नभएर दुई देशबिचको सम्बन्धमा सुदृढिकरण हुने अपेक्षा गरिएको छ ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन संचालनमा आएसँगै अब व्यवस्थापनकालागि नेपालले विशेष प्राथमिकता दिनुपर्छ । नेअब भण्डारण गृहका लागि मूख्य चुनौती नेपालतर्फ सोझिएको छ । पाइपलाइर्न संचालनको उत्साह कायम राख्न हरेक पक्षलाई विशेष ध्यान दिनुपर्छ । अतः पेट्रोलियम पाइपलाईनललाई दिगो बनाउन राज्य गम्भिर हुनुपर्छ ।