• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

बाल दिवसमा कनपाले शैक्षिक सामग्री वितरण गर्ने

प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

राधिका बुढाथोकी

सिन्धुली– कमलामाई नगरपालिका सिन्धुलीले राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाको मंगलबार बसेको बैठकले भाद्र २९ गते पर्ने राष्ट्रिय बाल दिवस मनाउने निर्णय गरेको हो ।

नगर बालबालिका शाखा प्रमुख ईन्दिरा थापाका अनुसार दिवसका नवज्योति बहिरा माध्यमिक बिद्यालय जसेदमार र बौद्धिक अपांग स्रोत कक्षा जनज्योति माध्यमिक बिद्यालय फोस्रेटारका बिद्यार्थी र प्रत्येक वडा बाट १/१ जना गरि नगरपालिकाको १४ वटै वडाका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ । यस्तै कमलामाई नगरपालिका ४ ढुंग्रेबासमा अवस्थित शैलशिखर अनाथयमा आश्रित बालबालिकाहरुका लागि खाद्यन्न सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको छ ।

यस्तै प्लान नेपाल र जनजाति बिकास कार्यक्रम जे एस डि पि को सहयोगमा नगर स्तरिय बाल क्लबबाट बिभिन्न स्थानमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम रहेको छ भने रिलिफ नेपालको सहयोगमा वडा नं १३ र १४ मा हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने कार्यक्रम रहेको छ ।