• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

सिन्धुलीमा आत्महत्या विकराल बन्दै

प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

राधिका बुढाथोकी

सिन्धुली – सिन्धुलीमा आत्महत्या विकराल बन्दै गएको छ । स्वस्थ्य मान्छेको दिमागमा आत्माहत्या गर्ने सोच आउदैन् । जव मान्छे अस्वथ्य हुन्छ,उसको दिमागमा जे पनि आउन सक्छ । हेर्दा स्वथ्य देखिने व्यक्तिहरुले नै आत्माहत्या गर्नुको कारण मानसिक रोग भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीमाढीमा मंगलवार प्रहरी कार्यालयद्धारा आयोजित आत्माहत्या रोकथाम सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा प्रहरी प्रमुख उपरिक्षक चक्र बहादुर सिंहले प्रस्तुत गरेको तथ्यांक अनुसार जिल्लामा ३ बर्ष यता २ सय १८ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक बर्षको साउन देखि भदौ २४ गते सम्म १३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्षको साउन देखि भदौँ सम्ममा आत्माहत्या गर्नेहरुमा पनि पुरुषको संख्या बढी रहेकोे छ ।

यस्तै आर्थिक वर्ष ०७३/०७४ मा ५७, आव ०७४/०७५ मा ६६ र ०७५/०७६ मा ८२ जनाले आत्महत्या गरेको प्रहरी प्रमुख उपरिक्षक सिंहले कार्यक्रममा प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ । तीन वर्षमा १ सय १९ पुरुषले आत्महत्या गरेका छन्। । आत्महत्या गर्ने महिलाको संख्या ८६ रहेको छ । जसमध्य २२ बालबालिकाले समेत आत्महत्या गरेका छन् । १ सय ५९ जना विवाहित र ४६ जना अविवाहितले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नुका पछाडि यही नै कारण हो भन्न सकिन्न । तर, पनि आत्महत्या गर्नुमा केही कारणले भने भूमिका खेल्दछ । ९५ प्रतिशत व्यक्तिले आत्महत्या मानसिक रोगको कारणले गर्ने गरेको अनुसन्धानले देखाएको प्रहरी प्रमुख उपरिक्षक सिहले बताए । सामाजिक सञ्जालको दुरुपयोगले मान्छेलाई एक्ल्याउँदै लगेको र एक्लो अनुभूतिले कतिपय व्यक्तिहरूमा जटिल प्रकृतिका रोग लाग्नु र उपचारको विकल्पमा आत्महत्या गरेको उदाहरण समेत देखिने गरेको उनको भनाइ छ ।

आफ्नै जिवन समाप्तिको अभिप्रायले आफैबाट निर्दे्शित भई गरिने गतिविधिको परिणाम स्वरुप व्याक्तिको मरण वा मृत्यु हुन्छ भने यस किसिमको मरण वा मृत्युलाई आत्महत्या भनिन्छ । ध्ज्इ को अनुसार विश्व भरी वार्षिक १० लाख व्याक्तिहरुले आत्म हत्या गर्ने गरेको पाईएको छ । जसका कारण धेरै देशहरुमा यो मृत्युको १० कारण मध्येमा पर्न गएको छ । तथ्याङका अनुसार विश्वमा सबै भन्दा बढी आत्महत्या चिनमा हुने गरेको छ भने विश्वमा हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्या गरेको पाईन्छ ।करिब ९५ प्रतिशत आत्महत्या गर्ने मानिसहरु मानसिक रोगी हुने गरेको समेत अध्ययनले देखाएको छ । एक अध्ययनका अनुसार प्रजनन् शिल महिलाहरुको मृत्युमा पहिलो कारण वा सो १६ प्रतिशत आत्महत्या रहेको छ । जुन १९९८ मा तेस्रो कारण वा १० प्रतिशत मात्र थियो ।

नेपालमा आत्महत्या गर्नेको संख्या प्रति वर्ष ९.८५ प्रतिशतले वृद्धि भैरहेको छ । आत्महत्या गर्ने सम्भावना बढी भएका समुहमा १५ देखी २४ वर्ष उमेर समुह पर्दछ ।

सामान्यतया आत्महत्याका प्रमुख कारणहरुमा वंशाणुगत, दिमागको संरचना, बाल्यकालिन भोगाईहरु, वैयक्तिक कारणहरु, पारिवारीक तथा सामाजिक कारणहरु रहेका छन । समग्र रुपमा आत्महत्या हुन सक्ने संबाभित कारणहरुमा पारिवारिक कलह, आर्थिक विपन्नता, घरेलु हिंसा, जिवनमा असफलता, प्रेममा असफलता, असफल वैवाहिक सम्बन्ध, अनैतिक सम्बन्ध र नकरात्मक नतिजाका कारण ईज्जत गुम्ने डर अथवा सम्मानमा ठेस पुग्ने डर, शिक्षामा असफलता, मायाममताको अभाव, जिवनको महत्व थाहा नहुने, जिवन जिवनको लागी वैकल्पिक अवसरको खोजी नगर्ने, लामो समय सम्मको पारिवारीक विछोड, दिर्घकालिन रोग आदी प्रमुख रुपमा देखिने गरेको प्रहरी उपरिक्षक सिंहले अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुलाई जानकारी गराए ।

आत्महत्या रोकथाम सम्बन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले आत्महत्या विकराल बन्दै गएकाले यसको न्यूनिकरणका लागी सरकारी,गैरसरकारी संघसंस्था,नागरिक समाज,परिवार,व्यक्ति सबैले मानसिक स्वास्थ्य स्वस्थ्य बनाई आत्माहत्या न्युनिकरणका लागी केन्द्रित हुनु पर्ने आवश्यकता रहेको बताएका थिए । उनिहरुले आत्माहत्या रोकथामका लागी सरकारले मानसिक स्वास्थय तथा मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन गर्न उचित नीति निर्माण तथा प्रभावकारी कार्यान्वयन गराउन पहल गरिनु पर्ने धारण राखेका थिए ।