• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

आजको राशिफल

प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

ज्योतिषी दुर्गा भण्डारी

वि.सं.२०७६ साल भाद्र २५ गते । बुधबार । ईश्वी सन् २०१९ सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि त्रयोदशी,५७ घडी २२ पला,रातको ०४ बजेर ४४ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र श्रवण,२३ घडी ४४ पला,दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त धनिष्ठा । योग अतिगण्ड,३७ घडी ३६ पला,बेलुकी ०८ बजेर ४९ मिनेट उप्रान्त सुकर्मा । करण कौलव,दिउसो ०३ बजेर ५३ मिनेट उप्रान्त तैतिल,रातको ०४ बजेर ४४ मिनेट उप्रान्त गर । आनन्दादिमा छत्र योग । चन्द्रराशि मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान ३१ घडी ०२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- आफुलाई मन पर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउँन सकिनेछ । राजनितिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरि लक्ष्य पहिल्याउँन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानीबाट सुरु गरिएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):-  व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा बिशेष सावधानि अपनाउँनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढिनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- व्यापारमा साझेदारहरु बिच मनमुटाब बढ्ने हुनाले सम्यम भएर प्रस्तुत हुनुहोला । आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउँन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- पुराना विवादहरु साम्य हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्निको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । ऋण,रोग तथा संकटको सामाना गर्ने शक्ति जुटाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैंक तथा बित्तिय क्षेत्रमा काम पाउँने तथा बढुवा हुने योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्रा हुने योग रहेकोछ । प्रेम गर्ने जोडीहरुका लागि समय उत्तम रहेकोछ भने भौतिक सम्पति तथा बिलाशी बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते):-घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्त सँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोला केहि समय पर्खनुनै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनिति तथा समाजसेवीहरुका लागि समय मध्ययम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):- व्यापार व्यावसायमा लगानी गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थि काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निश्कन शकिनेछ । सामाजिक काम गरि जनताको समर्थन जुटाउँन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- प्रबिधिको प्रयोग गरि रचानात्मक काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरिएका कामहरु उपलब्धिमुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा समयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- खर्च बढेपनि लामो दुरिको यात्राको तय हुनेछ । विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहेकोछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्त सँग सैद्धान्तिक राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेममा धोका तथा अबिश्वास सिर्जना हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरि आए आम्दानी बढाउँन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।