• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

विश्वकप फुटबल छनोट : नेपालले चाइनिज ताइपेईलाई २–० ले हरायो

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

सिन्धुली साैगात संवाददाता

काठमाडौँ – नेपालले विश्वकप फुटबल छनोटको दोस्रो चरणमा चाइनिज ताइपेविरुद्ध जीत हासिल गरेको छ ।

ताइपे रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेलाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जीतमा दुबै गोल अञ्जन विष्टले गरे ।

नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । फ्रिकिकमार्फत आएको बललाई अञ्जनले हेड गर्दै गोलमा परिणतमा गरेका हुन् । त्यस्तै अञ्जनले नै खेलको ६२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ताइपेईले पटक–पटक गोल गर्ने प्रयास गरे पनि नेपालको डिफेन्स लाइन र गोलकिपर किरण चेम्जोङले बचाए ।

ताइपेईविरुद्धको खेलका लागि नेपाली प्रशिक्षक योहान कलिनले एक जना मात्र फरवार्ड राखेका थिए । फरवार्डमा विमल घर्ती मगर मात्र रहेका थिए ।

कुवेतविरुद्धको खेलमा जस्तै ताइपेईविरुद्ध पनि कलिनले पाँच जना मिडफिल्डर उतारेका थिए । मिडफिल्डरमा विशाल राई, सुजल श्रेष्ठ, रविशंकर पासवान, अञ्जन विष्ट र रोहित चन्द रहेका थिए । त्यस्तै डिफेन्समा अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र रञ्जित धिमाल थिए ।