• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

वैज्ञानिक ढङ्गले मापदण्ड नतोडीकन शुल्क उठाएको केन्द्रको दावि

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

राधिका बुढाथोकी

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ६–रातामाटा स्थित प्राविधिक प्रशिक्षण केन्द्रले विद्यार्थीबाट नियम विपरीत पैसा लिएको समाचार संचारमाध्यम मार्फत सार्वजनिक भईरहँदा प्रशिक्षण केन्द्र सञ्चालक समितिका सदस्य अञ्जनी शर्माले मापदण्ड अनुसार नै शुल्क लिएको बताएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त केन्द्रले अनमी र सिएमए पढिराखेका विद्यार्थीबाट ४० हजार रुपैयाँका दरले अतिरिक्त पैसा लिएको तथ्य सार्वजनिक भईरहँदा उनले यस्तोे बताएका हुन् ।

केन्द्रले विद्यार्थीबाट अतिरिक्त पैसा नलिएको उनले बताए । विद्यार्थीको पैसा विद्यार्थी मै खर्च हुने छ,समितीका सदस्य शर्माले भने,“केन्द्रले वैज्ञानिक ढङ्गले मापदण्ड नतोडीकन शुल्क उठाएको हो ।” उनले निजी प्राविधिक शिक्षालय महासंघ नेपालको अपुष्ठ पुरानो सुचना देखाउँदै नियम अनुसार नै शुल्क उठाईएको दावि समेत गरेका छन् ।

केन्द्रको समितीका अध्यक्ष सुवोध ढकालको फोन नम्बरमा पटक पटक सम्पर्क गर्दा स्ईचअफ भएकाले सम्पर्क हुन नसकेपछि समितीका सदस्य अञ्जनी शर्मालाई आईतबार दिउँसो भेटि यस बारेमा कुराकानी गरेका थियौँ ।

शर्माले पृष्ठीको लागी सिन्धुली सौगातलाई उपलब्ध गराएको अपुष्ठ सूचना

केन्द्रकी भ्वाईस प्रिन्सिपल मन्दिरा श्रेष्ठले विद्यार्थीबाट ४० हजार बढी पैसा लिएको बताईन् । तर के प्रयोजनका लागी,किन र कसरी लिईएको हो । त्यो मलाई थाहाँ छैन,उनले भनिन्,“म पढाउने काम मात्रै गर्छु,यो सम्बन्धि मलाई जानकारी हुँदैन् ।”

यता केन्द्रका विद्यार्थीले नियम विपरीत अतिरिक्त पैसा लिएको गुनासो गरिरहेका छन् । उनिहरुले प्रतिविद्यार्थी ४० हजारका दरले पैसा बुझाउनु पर्ने भने पछि क्याम्पस प्रशासनमा निवेदन दिएको बताए । विद्यार्थीका अनुसार क्याम्पस प्रशासनलाई दिएको निवेदनमा बढी पैसा माग्नु र लिनुकोे कारण सोधिएको छ ।

गोरखापत्रमा निस्किएको सूचना

 

क्याम्पस प्रशासनमा निवेदन दिँदा समेत विद्यार्थीको मर्मलाई क्यापसले वेवास्ता गरेको केन्द्रकी एक छात्रा र एक छात्रले सिन्धुली सौगातसँग गुनासो गरे ।

हाल केन्द्रमा अनमी तर्फ ४० जना र सिएमएमा ४० जना गरी जम्मा ८० जना विद्यार्थी अध्यनरत छन् । नियम विपरित आफुहरुबाट ४० हजारका दरले प्रशासनले पैसा उठाएको उनिहरुको भनाई छ । नयाँ भर्ना भएका विद्यार्थीलाई केन्द्रले नियमअनुसार नै शुल्क लिएको केन्द्रकी एक छात्राले जानकारी दिईन् । नयाँ भर्ना भएका विद्यार्थीलाई केन्द्रले नियम अनुसार नै शुल्क लिएको छ । हामीबाट चाँही बढी पैसा लिए, ती छात्राले भनिन् । उनका अनुसार अतिरिक्त पैसा मागेको कुरा नभन्न केन्द्रले दबाब दिने गरेको छ । अतिरिक्त पैसा मागेको कुरा भन्दै हिँड्नेलाई पछि सर्टिफिकेट रोकिदिन्छौँ भन्ने गरेको समेत ती छात्राले बताईन् ।

केन्द्रले अतिरिक्त पैसा मागेको र निवेदन मार्फत क्याम्पसको ध्यानकर्षण गर्दा पनि वेवास्त गरिएपछि विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय पनि पुगेका थिए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार केन्द्रले अतिरिक्त पैसा मागेको भन्दै केही दिनअघि विद्यार्थीले उनलाई भेटेर गुनासो गरेका थिए । मौखिक जानकारी गराएर उनिहरु फर्किए । लिखित निवेदन दिनुपर्छ भनेको छु,गौतमले भने, “लिखित निवेदन आएपछि अनुसन्धान गरेर दोषीलाई कारर्वाहीको प्रक्रिया अघि बढाउन सजिलो हुन्छ ।”

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उपरिक्षक चक्रबहादुर सिंहले घटनाको बारेमा आफुले सुनेको तर केन्द्रका विद्यार्थीहरु यस्तो गुनासो लिएर आफ्नो कार्यालय सम्म आईनपुगेको बताए ।

क्याम्पस प्रशासनले लिईसकेको अतिरिक्त पैसा फिर्ता हुनुपर्ने माग विद्यार्थीको रहेको छ । तर उनिहरुसँग आफुले तिरेको शुल्कको रसिद छैन् । क्याम्पस प्रशासनले बढि शुल्क तिरेको रसिद आफुहरुलाई नदिएको उनिहरुले बताए । विद्यार्थीहरुले सिन्धुली सौगातलाई सुचना दिईने क्रममा आफुहरु पिडीत भएको बताए । नियम विपरित तिरिएको ४० हजार फिर्ता गर्न तर्फ लागिरहँदा क्याम्पस प्रशासनले आफुहरुको जिन्दगी नै बर्वाद पार्ने हो की भन्ने आशंकाले सम्बन्धि न्यायिक निकाय सम्म पिडीतका रुपमा पुग्न नसकेको उनिहरुको भनाई छ ।