• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

बीपी जयन्तीमा बृक्षारोपण

बाबुराम देवकोटा

१०६ औ बीपी जयन्तीको अबसरमा जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली बहुमुखि क्याम्पसको चौरमा गुल्मोरको बिरुवा रोपिदै । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली– नेपाली काँग्रेस सिन्धुलीले १०६ औं वीपी जयन्ती मंगलबार बृक्षारोपण कार्यक्रम गरी मनाएको छ ।

उक्त पार्टीको क्षेत्रिय समितिको आयोजनामा क्षेत्र नं.१ को दुधौली र क्षेत्र नं. २ को जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा बृक्षारोपण कार्यक्रमको आयोजना गरी बीपी जयन्ती मनाईएको छ ।

सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली बहुमुखि क्याम्पसको हाताभित्र असोक, गुल्मोर, बेल र खमारी जातका १०६ वटा बिरुवा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले रोपेका हुन । सो अबसरका १०६ औं बीपी जयन्ती तथा दोस्रो चरणको गाँउजागरण अभियानका केन्द्रिय प्रतिनिधि तीर्थ पसेखलले बीपीको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

काँग्रेसले सुरु गरेको गाँउजागरण अभियानले पार्टीलाई बलियो र सशक्त बनाउने पनि उनको भनाई थियो ।

 

त्यस्तै पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता बीपीन कोईरालाले बीपी बिचार प्रष्ट पार्दै उहाँको थोरै कुरालाई मात्रै पछ्याउने हो भने काँग्रेस बलियो हुने बताए ।

त्यस्तै दुधौलीमा केन्द्रिय प्रतिनिधि शान्ति परियारको उपस्थितीमा प्राबि बटाहाको प्रांगणमा गुल्मोर, असोक, अमला र तेजपातको १०६ वटा बिरुवा रोपेर बीपी जयन्ती मनाईएको पार्टीका जिल्ला सभापति उज्ज्वल बरालले जानकारी दिए ।

 

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६