• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

नेपाललाई फाइनलमा पुग्ने अवसर

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

सिन्धुली साैगात संवाददाता

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले किर्गीस्तानमा जारी ‘नाडेज्दा कप’ फुटबलको तेस्रो तथा अन्तिम लिग खेल खेल्दैछ । नेपालले अन्तिम लिग खेलमा आज (मंगलबार) ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार ११ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाल यसअघिको एक खेलमा उत्कृष्ट जित निकाल्न सफल भएको थियो भने एक खेलमा हार व्यहोरेको थियो ।

नेपाल पहिलो खेलमा घरेलु टिम किर्गीस्तानसँग ८–२ गोल अन्तरले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । आजको खेलमा जित निकाल्न सके नोपल दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाउनेछ ।

लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । ताजिकिस्तान तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर टोली हो ।