• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

बिपीको राजनीतिक, साहित्यिक आयाम बारे काँग्रेस नेताद्धारा चर्चा

राधिका बुढाथोकी

सिन्धुली – नेपाली काँग्रेस दुधौली नगर समीतीले विपी जन्मयन्ती एक कार्यक्रमका विच मनाएको छ । नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको १०६ औं जन्मिएको दिनलाई सम्झेर स्मृति दिवस मनाएको हो । कार्यक्रममा विपीको राजनीतिक, साहित्यिक आयाम बारे नेपाली काँग्रेस सिन्धुली जिल्लाका नेताहरूले चर्चा गरेका छन् ।

कार्यक्रमका नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्याम कुमार घिमिरेले नेपाली काँग्रेसमा सबै कार्यकर्तालाई पार्टीको गतिविधिमा जागरुक भएर लाग्न अनुरोध गरे । अब गतिशील ढंगबाट अगाडी बढने र त्यसै अनुरुपको विधान बनेको भन्दै अब निराश भएर भन्दा एकीकृत भएर सबै ठाउँबाट कार्यकर्ता जाग्नु पर्ने आवश्यकता देखिएको उनको भनाई थियो । काँग्रेसले केन्द्रिय समितिको निर्णय गरेर निर्देशन गरिएको दोश्रो राष्ट्रिय जागरण अभियान सफल बनाएर सरकारको गलत कामहरुको सन्देश सवै गाउँ–वस्तीमा पु¥याउन समेत उनले आह्वान गरे ।

यस्तै काँग्रेस जिल्ला सभापति उज्ज्वल प्रसाद बरालले नेपालको प्रजातान्त्रिक आन्दोलन र भारतको स्वतन्त्रता आन्दोलन विपीको भुमिका स्मरण गर्दै विपी कोइराला नजन्मिएको भए नेपाल आज यो अवस्थामा आउन नसक्ने धारणा राखे ।

नेपाली काँग्रेसका नेता तथा नेपाल विद्यार्थी संघको संस्थापक सभापति विपिन कोइरालाले मुलुक जोगाउने हो भने संघियता खारेज गर्नुपर्ने बताए । मुलुक जोगाउन संघियता खारेज गरेर काँग्रेस अघि बढ्नु पर्छ । काँग्रेसको सिद्वान्त धर्म निरपेक्ष थिएन धार्मिक स्वतन्त्रता थियो । धार्मिक स्वतन्त्रता काँग्रेसको अवधारणा हो धर्म निरपेक्ष क्रिश्चियनका मुद्दा हुन् । नेता कोइरालाले भने,“धर्म निरपेक्षले क्रिश्चियन बढाउन मात्र मद्दत पुर्याउँछ ।“

कोइरालाले विपी कोइरालालाई सम्झिदै नेपाली काँग्रेसले विपीको विचार त्यागेको र कम्युनिष्ट र राजावादी सँग गठजोड गरेको पार्टी भन्दै नेतृत्वप्रती आक्रोश व्यक्त गरे ।

दुधौली नगरपालिकामा कम्युनिष्टको शासन भएपनी गलत रवैयाको विरुद्ध आफुहरु संधै भिडिरहेको र सबैले आफ्नो स्थानबाट सहयोग गर्न नेपाली काँग्रेस दुधौली नगर सभापती कुमार बस्नेतले अनुरोध गरे । उनले दुधौली नगरपालिका अर्को पटक नेपाली काँग्रेसले जित्ने वातावरण बनाउन नगर कार्य समिती लागिरहेको उनले बताए ।

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६