• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सिन्धुलीमा राष्ट्रिय परिचय पत्र कार्यक्रम लागु हुने

राधिका बुढाथोकी

सिन्धुली – सिन्धुलीमा नेपाल सरकारको राष्ट्रिय परिचय पत्र कार्यक्रम लागु हुने भएको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीको माध्यमबाट गुणस्तरीय सार्वजनिक सेवा तथा शान्ति,सुरक्षा र सुशासनमा प्रवर्दन गर्ने ध्येयले कार्यक्रम लागु गर्न लागिएको हो ।

नेपाल सरकारको आर्थि बर्ष २०६६/०७७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा,“सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्न सकिने छ र यस सक्बन्धि व्यवस्थाको कार्यान्वयनका लागी एउटा छुट्टै केन्द्रिय निकाय कडा गरिने छ ।” भन्ने उल्लेख भए अनुसार सिन्धुलीमाा पनि यस बर्षबाट परिचय पत्र वितरण गर्न लागिएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग वितरणका सूचना प्रविधि निर्देशक सुभाष ढकालले जानकारी दिए । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सोमबार सिन्धुलमिाढीमा आयोजना गरेको राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धि अन्तरक्रिया÷अभिमुखिकरण कार्यक्रममा उनले सो कुरा जानकारी दिएका हुन् ।

२०७६ को चैत महिना भित्र विवरण संकलन कार्य सकेर मात्रै टोलटोलमा पुगि परिचय पत्र वितरण गर्ने तयारी भईरहेको उनले बताए । उनका अनुुसार वितरण संकलन कार्य जिल्लामा अव चाँडै नै सुरु हुने छ । राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण भएको राष्ट्रिय पहिचान सहितको बहुउपयोगी प्रमाण पत्र हो, अभिमुखिकरण कार्यक्रममा जानकारी दिँदै सूचना प्रविधि निर्देशक ढकालले भने,“दश डिजिटल नम्बर रहेको परिचय पत्रमा नागरिकताको सबै विवरण हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, औंठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना समेत उल्लेख हुन्छ ।”

प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमको अध्यक्षतामा संचालित कार्यक्रममा संघिय सांसद हरिवोल गजुरेलले आधुनिक सुचना प्रविधिमा आधारित राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणालीको अवलम्बनले सुशासन कायम गर्न उपयोगी सिद्ध हुने धारण व्यक्त गरे । जनताले नयाँपन खोजेको बताउँदै उनले विकास, सुशासन, समृद्धि, जवाफदेहिता र पार्दर्शिताका लागी राष्ट्रिय परिचय पत्रको ठूलो महत्व रहेको बताए । शान्ती सुरक्षा कायम गर्न,अपराध नियन्त्रण र अपराधिको पहिचान गर्न उपयोगि हुन्छ,सांसद गजुरेलले भने,“कर,राजश्व छली लगाएतका आर्थिक अनियमितता नियन्त्रमा र सरकारबाट प्रदान भईरहेको अन्य सेवा सुविधामा भईरहेको चुहावट नियन्त्रण भई पार्दर्शि रुपमा संचालन गर्न सकिन्छ ।”

राष्ट्रिय परिचय पत्रको लागी फिल्ड कार्यालय वा घुम्ती टोली समक्ष आफैँ उपस्थित भई विवरण दर्ता गराउनु पर्ने जनाईएको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा सिन्धुलीका स्थानीय तहका निर्वाचित जनप्रतिनिधि,सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो । उनिहरुले आधुनिकतासँगै नयाँ नयाँ प्रविधिको अवलम्वन गरिरहँदा सुचना चुवावट हुने आंशका गदँै विभिन्न जिज्ञासा राखेका थिए ।

उनिहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै सूचना प्रविधि निर्देशक ढकालले राष्ट्रिय परिचय पत्र प्रणाली सबै क्षेत्रबाट सुरक्षित र प्रभावकारी हुने बताएका थिए । गैर आवासीय–नेपाली र विदेशीको तथ्यांक यकिन हुने भएकाले पनि परिचय पत्रको महत्व धेरै छ, यसले दोहोरो परिचय वा नक्कली परिचय बनाउने जस्ता अपराध नियन्त्रण हुने छ,उनले भने । उनका अनुसार परिचय पत्रमा व्यक्तिको वैयक्तिक पहिचानका लागि छुट्टा–छुट्टै परिचय नम्बर प्रदान गरिने र सोही नम्बरका आधारमा व्यक्तिको पहिचान गरिने छ ।

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६