• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

आजको राशिफल

ज्योतिषी दुर्गा भण्डारी

वि.सं.२०७६ साल भाद्र २४ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि द्वादशी,५३ घडी २४ पला,रातको ०३ बजेर ०८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र उत्तरषाढा,१८ घडी ४८ पला,दिउसो ०१ बजेर १८ मिनेट उप्रान्त श्रवण । योग शोभन,३७ घडी १२ पला,बेलुकी ०८ बजेर ३९ मिनेट उप्रान्त अतिगण्ड । करण बव,दिउसो ०२ बजेर २९ मिनेट उप्रान्त बालव,रातको ०३ बजेर ०८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा मानस योग । चन्द्रराशि मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३१ घडी ०६ पला । वामन द्वादशी – वामन जयन्ती। दही दान। इन्द्रध्वज उत्थान गर्ने दिवस।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- उच्च तथा बिशिष्ट व्याक्तित्व सँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :-समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनि काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :-व्यापारमा लगानि गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरु सँग राय बाजिनेछ । माया प्रेममा धोका तथा बिश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- समय र परिस्थितिले साथ नदिदा व्यापारमा लगानि डुब्ने खतरा रहेकोछ । व्यापारकै सवालमा गरिने यात्रा निष्फल हुनेछ । सानो बिषयमा घर परिवार तथा आफन्त सँग राय बाजिनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या पैदा भई दैनिक कामहरु गर्न सकिने छैन । भौतिकता रमाउँन खोज्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :-अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिष्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :-राम्रा काम गरि अरुको बिश्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै बिजय भईनेछ । आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-आफन्तहरु टाडिने तथा पति पत्निविच सामान्य मनमुटावको सिर्जना हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- पुरुषार्थि काम गरि नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । खेलकुद तथा पराक्रमि क्रिर्याकलापमा भाग लिन सकिने तथा देश बिदेशको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्त सँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानिमा बढोत्तरि हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायि रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):- नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्त सँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :-खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिदेशी लगानिबाट सञ्चालित सस्थामा नोकरि पाउँने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-सााथिभाई,बन्धुबान्धब तथा ईष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । शिक्षा तथा शिक्षा पेशा सँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६