• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

चिनियाँ विदेशमन्त्री चन्द्रागिरी पुगे किन ?

प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

सिन्धुली साैगात संवाददाता

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले चन्द्रागिरिको भ्रमण गरेका छन ।

आज बिहान भ्रमण टोलीका साथमा चन्द्रागिरि पुगेका थिए । उनीहरुले झन्डै डेढ घन्टा चन्द्रागिरि आसपासमा ट्रेकिङ गरे ।केबुलकारबाट माथि पुगेपछि पैदल यात्रा गरी उहाँ घुमेको जानकारी चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रमले दिए ।

चन्द्रागिरीले नेपालको भौतिक विकासमा गतिलो उदाहरण दिएको बताउँदै उनले ले अन्य क्षेत्रमा पनि उपयुक्त पूर्वाधार बनाएर नेपालले पर्यटकलाई आकर्षित गर्न सक्ने धारणा राखका छन ।

आज वार्तामा दुईरचार वटा महत्वपूर्ण कुरामा केन्द्रित हुने र विशेषगरी नेपाल–चीनबीच आर्थिक तथा विकास साझेदारीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बढी केन्द्रित हुने छ । नेपालले लामो समयदेखि चिनियाँ उच्च राजनीतिक नेतृत्वको भ्रमणको प्रतिक्षा गरिरहेको थियो ।

यीले आजै साँझ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्दैछन्।