• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

९० प्रतिशत निजि साधनको कारण हुन्छ ट्राफिक जाम

प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

सिन्धुली साैगात संवाददाता

उपत्यकामा हुने ट्राफिक जामको प्रमुख कारण निजी सवारी साधन रहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउछ ।

उपत्यकाको ट्राफिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उक्त तथ्यांक सार्वजनिक कार्यक्रमा ट्राफिक महाशाखा प्रमुखको रुपमा केही दिन अघि जिम्मेवारी सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले जानकारी दिए ।

उपत्यकामा २ हजार १४ किलोमिटर सडक छ । ती सडकखण्डमा चल्ने सवारीमध्ये ९४ प्रतिशत निजी सवारी चल्ने गरेको उनको भनाइ छ । एकातिर मापदण्ड अनुसार पूर्वाधार अभाव रहेको र अर्को्तिर सवारी साधन बढ्नेक्रम बढ्दो रहेका कारण ट्राफिक व्यवस्थापन कठिन भन्दै गएको ढकालले बताए ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार देशभर ३५ लाख ३९ हजार ९ सय १९ सवारीसाधन दर्ता छन् । तीमध्ये बागमती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४ सय १३ सवारीसाधन दर्ता भएका छन् ।

ट्राफिक प्रहरीले गरेका सकारात्मक कार्यक्रमको निरन्तरता दिदै सबै सम्बधित निकायहरुसँग ट्राफिक ब्यवस्थापनको लागि समन्ययात्मक भूमिका खेल्ने एसएसपी ढकालको भनाइ छ ।