• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

उज्वेकिस्तानसँग नेपाली चेलीको हार

प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

सिन्धुली साैगात संवाददाता

आज भएको आफ्नो दोस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २–० गोलको हार ब्यहोरेको छ ।

पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप अर्को गोल खादै पराजित भएको हो । खेलको ३४औं मिनेटमा नेपालविरुद्ध उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गर्दै थप एक गोल गर्दै २–० गोलको जित निकालेको हो ।

आयोजक राष्ट्र किर्गिस्तानलाई आइतबार नेपालले ८–२ गोलको फराकिलो जित निकालेको थियो ।

किर्गिस्तानविरुद्धको जस्तो राम्रो प्रदर्शन भने नेपालले गर्न सकेन । अब नेपालले अन्तिम खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगितालाई नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको रुपमा लिएको छ ।