• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

शिक्षा दिवसमा वक्तृत्वकला प्रतियोगिता तथा विद्यार्थी सम्मान

सिन्धुली साैगात संवाददाता

सिन्धुली– कमलामाई नगरपालिका सिन्धुलीले ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७६ विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । “हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण” भन्ने मुख्य नाराका साथ विविध रचनात्मक क्रियाकलाप सहित दिवस मनाएको हो ।

नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय शिक्षा सवलीकरणमा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा भगवती ईंगलिस बोर्डिङ्ग स्कुलका छात्रा निकिता भुजेलले प्रथम स्थान हासिल गरिन् । माध्यमिक विद्यालय चपौलीका छात्र गगन भुर्तेल द्धितीय, जनज्योति मावि फोस्रेटारका छात्र श्री गगन तिमल्सिना तृतीय र सुर्योदय ईंगलिस बोर्डिङ्ग की छात्रा उत्साह पहाडी सान्तवना भएकी भईन् । प्रतियोगिताका विजेताहरलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा फाल्गुणी प्रसाद शर्मा, विष्णु दाहाल र प्रज्जवल सिन्धुलीय गरेका थिए ।

यसैगरी कार्यक्रममा एसईई परीक्षा २०७५ मा कमलामाई नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट सर्वोत्कृष्ट जिपिए सहित उत्र्तिण हुने छात्र तथा छात्रालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । सम्मानित हुनहरुमा सामुदायिक विद्यालय (साधारण धार)तर्फ जनज्योति मावि फोस्रेटार की रोश्ना ढकाल (जिपिए ३.८५),गौमती माध्यमिक विद्यालय माडीबजार की विमल दुलाल (जिपिए ३.७०) रहेका छन् ।

यस्तै सामुदायिक विद्यालय (प्राविधिक धार)तर्फ गौमती माध्यमिक विद्यालय माडीबजार की शोभित नेङमेछोयो तामाङ मुक्तान ( जिपिए ३.८०),श्रृजल आचार्य (जिपिए ३.८० ),अनन्तहरि कोइराला (जिपिए ३.८०),जमुना कोइराला (जिपिए ३.५६ ),सुप्रिया फुँयाल (जिपिए ३.५६) र प्रभात मावि माथिल्लो रानीबास की अप्सरामाया मोक्तान (जिपिए ३.५६) सम्मानित भएका छन् ।

संस्थागत विद्यालय (साधारण धार)तर्फ भगवती ईगंलिस बोर्डिङ्ग स्कूलका प्रशंसा राई (४.०) रोशनी सुवेदी (४.०) र न्यू ईगंलिस बोर्डिङ्ग स्कूल मिलनचोक का कृष्ण आचार्य (जिपिए ३.९५) सम्मानित भएका छन् ।

प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६