• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

के तपाई सिङगल हुनुहुन्छ तर डेटिङ जान चाहानुहुन्छ ?

यो प्रयोग गनुहोस ....

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

सिन्धुली साैगात संवाददाता

डेटिङ जान चाहने तर आफ्नो पार्टनर नभएर हैरान हुनुहुन्छ यदि यसो हो भने अब ढुक्क हुनुहोस फेसबुकले ‘डेटिङ’ एप ल्याएको छ ।

एक वर्षसम्म कोलम्बियामा परीक्षण गरिएको फेसबुक डेटिङ अब अमेरिका लगायत २० देशमा उपलब्ध भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले बताएका छन ।

ब्राजिल, क्यानडा, चिली, कोलम्बिया, सिंगापुर, इक्वेडर, गुवेना, लाओस, मलेसिया, मेक्सिको, पारागुवे, पेरु, फिलिपिन्स, सुरीनाम, थाइल्यान्ड, उरुगुवे र भियतनाममा हाल उपलब्ध यो एप आगामी वर्ष युरोपमा लन्च हुने फेसबुकले बतायो ।

तर यो एप १८ वर्षभन्दा बढी उमेरकाहरूले मात्र चलाउन पाउने छन । ‘डेटिङ’ साथी खोजिरहेकाहरूका लागि यो एप लक्षित गरिएको छ । फेसबुकका अनुसार यसले कुनै प्रयोगकर्ताको प्रोफाइलमा राखिएका विवरणका आधारमा मिल्दो जोडी पत्ता लगाइदिने छ ।

फेसबुक मोबाइल एपकै अर्को ट्याबमा खुल्ने यो एपमा फेसबुककै जस्तो तर अलग्गै प्रोफाइल बनाउन सकिन्छ । यसमा फेसबुकका साथीहरू देखिँदैनन । तर ‘सिक्रेट क्रस’ नामक फिचर प्रयोग गरेमा भने नौ जनासम्म फेसबुक साथी वा इन्स्टाग्राम फलोअरहरूसँग आफ्ना भावना भन्न मिल्ने छ । दुवै जनाले एकअर्कालाई मनपराएको भए, यसको जानकारी दिन नोटिफिकेसन पनि आउँछ ।

फेसबुक डेटिङमा निःशुल्क र विज्ञापनरहित छ ।