• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

आजको राशिफल

ज्योतिषी दुर्गा भण्डारी

वि.सं.२०७६ साल भाद्र २२ गते । आईतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर ०८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि दशमी,४८ घडी ४३ पला,रातको ०१ बजेर १५ मिनेट उप्रान्त एकादशी । नक्षत्र मूल,१२ घडी १९ पला,बिहान १० बजेर ४१ मिनेट उप्रान्त पूर्वाषाढा । योग आयुष्मान,३९ घडी ०० पला,बेलुकी ०९ बजेर २२ मिनेट उप्रान्त सौभाग्य । करण तैतिल,दिउसो ०१ बजेर ०५ मिनेट उप्रान्त गर,रातको ०१ बजेर १५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेट । दिनमान ३१ घडी १४ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानिबाट भविष्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । राजनितिज्ञको लागि जनताको काम गरि पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- व्यापारमा लगानि गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरु सँग राय बाजिनेछ । माया प्रेममा धोका तथा बिश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापार लगानि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यावसायबाट मनग्गे धन आर्जन हुनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्राको तय हुनेछ । भौतिक सम्पति तथा बिलाशी सामान उपाहारको रुपमा प्राप्त हुनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेकोछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह जोडिनेछन् । भौतिक तथा बिलाशी वस्तुको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउँन सकिने हुनाले आफन्त तथा गुरुववर्गहरु खुसि हुनेछन् । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँनेछन् ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिस सँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारि साधनको विषयमा विवाद गर्नुपर्ला । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरि आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहेकोछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने तथा लगानि बढाउँदा भविश्यमा आम्दानि भईरहनेछ । बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- नयाँ तथा रचानात्मक काम गरि आर्थिक अवस्था सुदृड पार्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिनेहरुका लागि समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुसि हुनेछन् । प्रमेमा रमाउँन चाहनेहरुका लागि समय उत्कृष्ट रहेकोछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानि हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तापनि लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा):-  काम गर्ने थुप्रै बाटाहरु भेटिनेछन् भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । सिमित साधन स्रोतको परिचालन गरि असिमित आवस्यक्ताहरु परिपुर्तिक गर्न सकिनछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग गर काम गर्न सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यापारमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पढाई लेखाईमा सहपाठिहरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६