• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

वर्षा सिवाकोटीको फेरिएको पेशा : इन्सपेक्टर

प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६

सिन्धुली साैगात संवाददाता

वर्षा सिवाकोटिको प्रमुख भुमिकामा रहेका कुनै पनि फिल्मले अहिलेसम्म बक्सअफिसबाट मालामाल हुन सकेको छैन । नेपालि फिल्म क्षेत्रमा उनलाई असफल अभिनेत्री समेत भन्ने गरिएको छ ।

पछिल्लो समय उनको ’ विर विक्रम २’ फिल्मआएको थियो त्यसले पनि खासै सफलता पाउन सकेको थिएन तर उनी उक्त फिल्मबाट फ्लपको श्रृखलामा पुर्णविराम लाग्छ भनेर आशावादि थिइन । साथै उनले चल्तीका अभिनेता पल शाह सँग रोमान्स गरेकी थिइन तर उक्त फिल्मले पनि हलमा हावा खायो ।

आफ्नमे फिल्मी करियरलाई बचाउन निकै धौ–धौ परेकी उनले हातमा आएकाा फिल्महरुलाई गम्भीरताको साथ छनोट गर्नुे क्रममा हाल चर्चित हाँस्य कलाकार शिवशरी पौडेलको फिल्म ‘लक्का जवान’को सुटिङमा व्यस्त छन । यो फिल्मको छायांकन काभ्रेमा भइरहेको छ ।

फिल्ममा उनी सँगै किरण केसी, दीलिप रायमाझि , सलोन बस्नेत, शिवहरी पौडेल, प्रियंका कार्कीको अभिनय रहने छ ।

उनले फिल्ममा निर्वाह गरेको भुमिका भने प्रहरीको रहेको छ । जसमा उनी प्रहरीको इन्सपेक्टरको भुमिकामा रहेकी छन । उनले फेसबुकमा इन्पेकटरको पोसाकमा रहेको पोटो सेयर गरेकी थिइन । यो उनको पहिलो अभ्यास पनि हो । यसलाई उनले कति न्याय गरेकी छन त्यो भने दर्शकले हेर्न बाँकि नै छ ।

कथरी अभिनेत्री हुलमुलका फिल्म गरेर करिअरलाई घाटा भएको बताउँदै गर्दा वर्षाले भने कलाकारको ठूलो झुण्ड भएको फिल्म रोजेकी छन् । कतै उनी कलाकारको भीडै भीडमा हराउने त होइनन् ? आशा गरौं, उनको फ्लप श्रृंखला ‘लक्का जवान’ ले तोड्नेछ ।

डुब्न लागेको करिअरको डुंगा बचाउन यो फिल्मले ठूलो भूमिका खेल्नेमा उनी विश्वस्त छिन् ।