• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

विद्याश्रमको प्रिन्सिपलमा पौडेल नियुक्त

प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६

सिन्धुली साैगात संवाददाता

 

सिन्धुली – कमलामाई नगरपालिका–४ दोभानटार स्थित सिन्धुली विद्याश्रम माध्यमिक विद्यालयको प्रिन्सिपलको जिम्मेवारी शनिबारदेखि सोही विद्यालयका भ्वाईस प्रिन्सिपल पोषक पौडेलले सम्हालेका छन् ।

पाँच बर्षदेखि प्रिन्सिपलको जिम्मेवारी सम्हाल्दै आएका तोया लम्सालले घरायसी व्यवहारिक समस्याका कारण काम गर्न नसक्ने जनाएपछि विद्यालको शनिबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई प्रिन्सिपलमा नियुक्ति गरि जिम्मेवारी दिएको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष गुन्जबहादुर कार्कीको अध्यक्षतामा र संघिय सांसद हरिबोल गजुरेलको उपस्थितीमा बैठक बसेको थियो । सो अवसरमा सांसद गजुरेलले विद्यालयको भौतिक सुधार र शैक्षिक गुणस्तरमा आफुले सक्दो सहयोग गर्ने बचन दिएका छन् ।

उनले प्रिन्सिपललाई निर्देशन दिदै भने,“‘एकैचोटी ठूलो काममा हात नहाल्नुस, परिणाम देखिने गरि स–साना काम गर्दै जानुहोस ।”

“विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समयमा शिक्षक–विद्यार्थी बीच अंग्रेजी भाषामा मात्र बोल्न लगाउने र पाँच/छ महिनाको समय दिदा पनि शिक्षक नसुध्रिए पाउने सुविधा दिएर बिदा दिनुहोस,” सांसद गजुरेलको भनाई थियो ।

सो अबसरका नबनियुक्त प्रिन्सिपल पौडेलले आफुले पाएको जिम्मेवारी अनुसारको काम पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । पौडेल सोही विद्यालयमा आठ बर्षभन्दा बढी समयदेखि भ्वाईस प्रिन्सिपलको रुपमा कार्यरहत रहदै आएका थिए ।