• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

भारतीय, चिनियाँ देखि पाकिस्तानी विदेश मन्त्री,किन नेपाल आउन खोजे ?

प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६

सिन्धुली साैगात संवाददाता

काठमाडौँ : दुई साताअघि भारतका विदेश मन्त्री एस जयशंकरले दुई दिने नेपाल भ्रमण गरेका थिए ।

त्यसको लगत्तै चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी आइतबार पाकिस्तानको बाटो हुँदै नेपाल आउन लागेका छन । यता, पाकिस्तानका विदेश मन्त्री मखदुम साह महमुद कुरेसीले पनि नेपाल भ्रमणको इच्छा देखाएका छन ।

तर पाकिस्तानी विदेश मन्त्री कुरेसीले नेपाल भ्रमणको ‘ग्रीन सिग्नल’ पाएका छैनन् त्सैले उनको नेपाल भ्रमण रोकिएको छ । उनले कश्मीर मुद्दाका विषयमा कुरा गर्नका लागि नेपाल आउन इच्छा देखाएकाको उच्च स्रोतले बताएको छ । नेपाल भने उक्त मुद्दामा कुरा गर्न अनिच्छुक देखियो त्यसैले उनको भ्रमणको बारेमा नेपालले निर्णय नगरेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

पाकिस्तानसँग निकट भनिएको चीनका विदेशमन्त्री सो देशको भ्रमणसँग नेपाल आउनुलाई महत्वका साथ लिएकोे छ ।
एस जयशंकरले नेपाल रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग कश्मीर मुद्दाको बारेमा छलफल गरेका थिए । सो कुराको जानकारी पाकिस्तानले थाहा पाएपछि कुरेशीले पनि तत्कालै फोन गरेका थिए ।

तर नेपालले भने कश्मीरको विषय भारत र पाकिस्तानको आन्तरिक मामिला भएको बताउँदै आएको छ ।

भारतीय विदेश मन्त्री जयशंकरले नेपालमै रहेको बेला पाकिस्तानी विदेश मन्त्री कुरेसीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेर कश्मीरको मुद्दामा बोल्न आग्रह गरेको खबर आएका थिए ।

चिनियाँ दूतावास स्रोतका अनुसार वाङ आइतबार पाकिस्तान हुँदै नेपाल आउनेछन् । उनी नेपाल आउनुअघि पाकिस्तानको भ्रमण समेत सकेर नेपाल आउन लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने र सँगै समस्यारहित नेपाल–चिन सम्बन्ध नेपालको समृद्धि हुने अपेक्षा गरिएको छ ।