• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

नेता तथा कार्यकर्तालाई कांग्रेसको नयाँ नियम 

प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६

सिन्धुली साैगात संवाददाता

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसले आफ्ना नेतालाई लामो समय लिएर भाषण गर्न रोक लगाएको जानकारी दिएको छ ।

सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले बीपीको १०६ औं जन्मजयन्तिको अवसर पारेर भदौ २४ गते दोस्रो चरणको जागरण अभियान सुरू हुने जानकारी दिएका छन । कांग्रेसले तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र लक्षित गरेर दोस्रो चरणको राष्ट्रिय जागरण अभियान घोषणा गरेको छ साथै केन्द्रबाट खटिएर जाने नेतालाई ‘कम बोल्न, धेरै सुन्न’ निर्देशन दिएको हो ।

प्रवत्ता शर्माले कांग्रेसले तीन सय ३० निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउने बताए । यी प्रतिनिधिको काम गाउँ गएर भाषण गर्नेभन्दा कार्यकर्ता र जनताका कुरा सुन्नुपर्ने रहेको छ ।
“केन्द्रीय प्रतिनिधिले बोल्ने कम, सुन्ने धेरै गर्नुपर्छ,” प्रवक्ता शर्माले भन्छन , “आफूले जिम्मेवारी लिएको प्रदेशसभा क्षेत्रको समग्र अवस्था पछि पार्टीलाई जानकारी गराउनुपदर्छ।”

“एक मिनेटमा आसनग्रहणका कार्यक्रम सकिन्छ,” उनले थपे, ‘ब्याच लगाउन पाइने छैन भने नेताहरूलाई किलोका किलो मालाले स्वागत गर्न बन्देज लगाइएको छ।” पार्टीले जागरण अभियानलाई जनताको कुरा सुन्ने थलो बनाउन समेत खोजेको हो । ‘कार्यक्रम अन्तर्क्िरयात्मक हुन्छ। नेतालाई कम बोल्न र धेरै सुन्न भनेका छौं,’ उनले भने।

“१५ दिनमा एक लाख युवामाझ कांग्रेस पुग्छ, उनले भने, उनीहरूलाई देश, लोकतन्त्र, कांग्रेस, वीपीका विचार र संस्कारबारे जानकारी गराउँछौं।” कांग्रेसले अरू पार्टीका सदस्यलाई आफ्नो पार्टीमा प्रवेश गराउने र नयाँ सदस्यता विस्तारलाई पनि अभियानको प्रमुख कामको रूपमा राखेको उनले पष्ट्र पारे ।

उनको अनुसार पार्टीले नवप्रवेशीलाई पार्टीले प्रशिक्षण दिएपछि मात्रै आवश्यक जिम्मेवारी दिन्छ । उनी भन्छन “पहिलो चरणमा वैशाख २५ देखि एक महिना चलेको अभियानमा ३१ हजार छ सय जना कांग्रेसमा प्रवेश गरेका थिए। दोस्रो चरणमा यो संख्या बढ्ने संकेत छ,’ ”हामी सहिद परिवार, अग्रज र द्वन्द्वपीडितका आँगनमा पनि पुग्छौं,।”

कांग्रेसबाट उम्मेदवार बनेर स्थानीय तहमा चुनाव जितेका ठाउँका प्रतिनिधिसँग कांग्रेस गाउँको विकासबारे र पार्टीबारे पनि आन्तरिक रूपमा छलफल गर्ने तयारी गरेको छ।

शर्माले भने “बढ्दो महंगी, वाइड बडीलगायत भ्रष्टाचार काण्ड, महिला हिंसा, बलात्कारजस्ता घटनाहरू, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट सरकारका नराम्रा कामबारे खबरदारी गर्न ७७ वटा जिल्लामै खबरदारी सभा हुन्छ,’।”

अभियानको अन्तिम दिन असोज ७ मा विरोध सभा गर्न कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्रहरूलाई निर्देशन दिएको छ।