• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

सांसद चौधरीको थापालाई कडा जवाफ

प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६

सिन्धुली साैगात संवाददाता

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको युवा नेता तथा सांसद गगन थापालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ तथा सांसद शान्ता चौधरीले कडा जवाफ दिएकी छन ।

सांसद थापाले हिजोको बैठकको विशेष समयमा बोल्दै व्याङ्ग्यात्मक शैलिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अब विश्राम लिनुपर्ने बताएका थिए । त्यसको जवाफमा नेकपाका नेतृ तथा सांसद शान्ता चौधरीले तपाईको शरीर विशेष धातुले बनेको त छैन होला ? भन्दै कडा रुपमा जवाफ दिइन ।

सांसद चौधरी भन्छिन “कहिलेकाहीको स्वास्थ्य परीक्षण र उपचारको विषयलाई लिएर व्याङ्यात्मक मन्तव्य राख्ने तपाईं सम्मानीय प्रधानमन्त्री ज्यु जत्तिकै सक्रियता पूर्वक खटेर देखाए हुने नि ।”

उनले थपिन् “बिरामी त सबै हुन्छौ । जन्मिएको दिनदेखि कयौं पटक बिरामी भइन्छ । उपचार गरिन्छ पुनः आफ्नो काममा क्रियाशिल रहिन्छ ।” उनले भनिन् –“सम्मानिय प्रधानमन्त्री ज्यु उपचारको क्रममा सिंगापुरमा हुनुहुन्छ । उहाँको उपचार लगभग पुरा भइसकेको जानकारी प्राप्त भएको छ । उहाँ जत्तिकै खट्न सक्ने हामी युवा हौं भन्नेहरु पनि छैनौं सायद ।”

नेपाली जनताको मत र चाहनाले प्रधानमन्त्री भएको बताउँदै उनले अरुको चाहनाले प्रधानमन्त्री नबनेको कुरा पनि उल्लेख गरिन ।

“तपाईंले राजीनामा मागेर न त उहाँको उत्साह घट्ने छ न क्रियाशिलता नै । सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु कै नेतृत्वमा बन्नेछ संमृद्ध नेपाल ।” “उहाँको स्वास्थ्यको विषयलाई लिएर कसैले खिसीट्युरी गर्न जरुरी नै छैन ।”उनले सुनाइन ।