• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

आयोजनालाई तिव्रता देऊ

प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६

सम्पादकीय

 

२ दशकअघि शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना ‘मेलम्ची खानेपानी आयोजना’ अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन । आयोजना सम्पन्न हुन तीन प्रतिशतमात्र बाँकी रहदा इटालियन कम्पनी सीएमसी भागेपछि मेलम्चीको पानी आपूर्ति अन्यौलता तर्फ धकेलिएको थियो । चिनियाँ कम्पनी सिनो हाइड्रोसँग बाँकी कामको सम्झौता भइरहेको अवस्थामा काठमाडौँवासीले मेलम्चीको पानी खान धेरै कुर्नु नपर्ने देखिएको छ । तर, ९७ प्रतिशत काम सम्पन्न गराउन २० वर्ष बढि समय लागेको हुँदा राजनैतिक हस्तक्षेप र राज्यको मौनताले अझै कति वर्ष लाग्ने हो त्यो भने टुंगो छैन । २० वर्षको अवधिमा मेलम्ची जोजस्कालागि खाने बाटो भएपनि अब बाँकी काम सम्पन्न गराउन राज्य गम्भिर हुन आवश्यक छ । राज्यले अनुगमनमा देखाएको कञ्जुस्याईले गर्दा पनि आयोजना लम्बिएको हो । तसर्थ, अनुगमन प्रणालिलाई सशक्त बनाएर अघि बढ्ने अवस्था आएको छ ।

 

काठमाडौँमा खानेपानीको समस्या वर्षौदेखि यथावत छ । यसकालागि महानगरपालिका र सरकारले फलदायी कदम चाल्न सेकेका छैनन् । मेलम्चीको पानी आपूर्ति गर्न सके काठमाडौँमा खानेपानीको समस्या हट्नेछ । त्यसैले, राज्यका सम्बन्धित संयन्त्रले आयोजनाको तिव्रतालाई प्राथमिकतामा राख्नुपर्छ । अतः कुल २९ करोड अमेरिकि डलर लागतको आयोजनालाई अझै धकेलेर जनतालाई निराश बनाउने राज्य लाग्नुहुदैँन ।