• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

प्रजातन्त्र, लोकतन्त्रका नाममा दिग्भ्रमित छन् जनता

लिला पौडेल

 

बर्तमान डवल नेकपाको, पञ्चायत, नेपाली कांग्रेस र यो बर्तमान सरकारबाट खासगरि दुर दराजका निमुखा गरिवहरुले भिन्नता त पाएनन यो कुरा त जनताले भनिरहेका छन् नताबाद, दलाली हत्या बलात्कार ले देश बबार्द भएको छ । राष्ट्रिय उद्योग धन्दा स्वरोजगार कहि केहि छैन करबाट उठेको र विदेशीबाट ल्याएको ऋण जम्मा गरेर विकास भनेर पढाउने र त्यो रकम सरकारी पार्टीका मान्छेले एक चौथाइ काममा लगाउने बाँकी खल्तीमा हाल्ने यहि त हो अहिलेको यथार्थ । स्वस्फूर्त हुने विकास त पञ्चायतमा पनि त हुन्थ्यो । बाटो घाटो खन्ने केहि पुल हाल्ने काम पञ्चहरुले पनि गर्थे ।

 

समाजमा किन राजनीतिक दलहरुको आवश्यकता पर्दछ भन्ने सन्दर्वमा यसका दर्शन र मान्यता फरक–फरक छन् । राजनीति सबै नितीहरुको मूल निती भएकोले राज्य संरचनामा अनिवार्य भएको कुरा सबैलाई विधितै छ । आ–आफ्ना मूल्य मान्यता बोकेर राज्य चलाउने सबैलाई छुट भएको हुनाले समाजमा वा राज्यमा विभिन्न राजनीतिक दल हुन्छन भन्ने एउटा मान्यता छ जुन मान्यता राख्नेहरु आफूलाई प्रजातान्त्रीक पार्टी भन्ने गरेको पाइन्छ । अर्कोतिर माक्र्सवादीहरुको छुट्टै मान्यता छ माक्र्सवादी मान्यता अनुसार बर्ग विभाजित समाजमा मात्र राजनीतिक दल हुने गर्दछन । मानव समाजमा बर्ग विभाजित नभएको बेला न देश थियो न पार्टी थियो न निजी सम्पत्ती केहि थिएन । निजी सम्पतीकै कारणले समाज दुइ बर्गमा विभाजित भएको छ । जव दुइ बर्गमा मानव समाज देखा प¥यो त्यसपछि समाजमा विभिन्न राजनीतिक पार्टी विभिन्न देश बनेको पाइन्छ । जव निजी स्वामित्वको आन्त्य भएर सामूहिक वा साझा स्वामित्व हुन्छ त्यस पछि समाजमा पार्टीहरु पनि रहदैनन पार्टी नरहने भएपछि राज्य सत्ता पनि रहदैन भन्ने माक्र्सवादी मान्यता हो । विश्व राजनीति यहि दुइ मान्यताको वरिपरी घुमिरहेको छ । विश्व राजनीतीमा शोषण दमन असमानताका काहाली लाग्दो इतिहास पढ्न पाइन्छ । स्पार्टा– कसको नेतृत्वमा भएको दास विद्रोह विश्व राजनीतिमा चर्चामा छ । राजनीति इतिहासमा कहाली लाग्दो मध्य युगिन राजनीति पनि समाज ले भोग्दै आयो । यसमा विर्सन नहुने पक्ष के हो भने राजनीतिक इतिहासमा शोषण दमनको चरम युग दास यूग हो । माथि नै भनियो कि दास विद्रोह स्पार्टाकस भन्ने दास अगुवाको नेतृत्वमा भएको थियो त्यतीवेला (जनता) दासहरुको विद्रोहबाट ठूला–ठूला रक्तपातपूर्ण क्रान्ती मार्फत दास यूगको अन्त्य भएर सामन्ती यूगको स्थापना भयो । हिजोको दासहरुलाई रैती भन्न थालियो शोषण सामन्ती यूगमा पनि नहुने कुरै भएन चरम सामन्ती शोषण थियो । दासयूगमा, दासका मालीक थिए भने सामन्ती यूगमा मालिक राजा महाराज थिए र राजा महाराजाहरुले आफूलाइ दैवी शक्ती प्राप्त वा आफूलाई इश्वरले नै पठाएको भन्ने सम्मका षणयन्त्रको रचना गरे तर जनताले राजतन्त्र र सामन्तबादकै अन्त्य गर्न ठूला ठूला संधर्ष गरे र विश्व राजनीतिमा खासगरी यूरोपमा राजतन्त्र तथा सामन्तबादको अन्त्य गरे । त्यसवेला सामन्तबादको अन्त्य गरेर प्रजातन्त्र स्थापना गर्नमा सम्पतीहिन गरिव किसान मजदुरले साथ दिएका थिए त्यो प्रजातान्त्रीक आन्दोलनको अगुवाहि वा त्यसको नेतृत्व आफूलाई प्रजातान्त्रीक पार्टी भन्ने पुँजिपतीहरु ले गरेका थिए । पुँजिपतिहरुले सामन्तबादको अन्त्य गर्ने बेला वा प्रजातान्त्रीक आन्दोलनमा मजदुर किसानको साथ पाएका थिए । त्यसैको बलमा सामन्तबादको अन्त्य गरेर प्रजातन्त्रको स्थापना गरेका थिए र मजदुर किसनलाइ के आश्वासन दिइएको थियो भने प्रजातन्त्र स्थापना भएपछि सामन्तबादी यूग जस्तो नभएर समाजबाट शोषण दमन हुदैन । सबै नागरिक समान हुन्छन । आर्थिक, सामाजिक, राजनीतिक चौतर्फि अधिकार प्राप्त हुन्छ आदि इत्याधि । तर प्रजातान्त्रीक भनिने पूँजीवादी व्यवस्थामा हिजो सामन्ती यूगका किसानहरु मजदुरमा परिणात भए । हिजो आफ्नै सानो खेतबारीको निजी घर भएको किसान पूँजीपतीको उद्योगको मजदुर भयो उ उत्पादनको साधन मात्र बन्यो । सिमित पुँजिपतीको हातमा हुने उत्पादनको साधन । मजदुरको दैनिकी, दैनिक उद्योगपतिको कारखानामा काम पाए हातमुख जनोड्न सक्ने नपाए भोक–भोकैको अवस्था रह्यो । हिजो सामन्तले किसानको शोषण गर्दथ्यो भने आज पूँजीपतीले मजदुरको शोषण गर्न थाल्यो । जुनसुकै व्यवस्था आएपछि शोषण रहिरह्यो ।

 

यहाँ उठाउन खोजीएको कुरा के हो भने आजभन्दा ३०० वर्ष अगाडि सामन्तबादलाई अथवा राजतन्त्रलाई फालेर आएको पाश्चिमा प्रजातन्त्रले आखिरमा श्रमजिवी मजदुर किसानलाई के दियो त ? के पुँजीवादी शक्तीहरुले भनेजस्तो मानव समाजमा समानता आयो त ? आएन । अझ पुँजीपतीहरुले मजदुरको चरम शोषण गरेर अकुत सम्पती कमाए सम्पतीको व्यापकताले विश्वका पुँजिपतीहरुको उद्योगको माल उत्पादनको खपत स्वदेशी बजारले नभ्याएर अन्तर्राष्ट्रिय बजार खोज्न थाले क्रमशः प्रतीस्पर्धात्मक पुँजिवाद एकाधिकार पुँजिवादमा बदलियो आर्थात पुँजिवादले साम्राज्यबादको रुप लियो । प्रथम र दोस्रो विश्वयुद्ध पुँजिवाद साम्राज्य बादमा बदलिनुको परिणाम थियो । विश्वका पुँजिवादीहरुको त्यो दादागिरी मजुदरहरुको अतिरिक्त मूल्यको शोषण नै थियो । आफूलाई प्रजातान्त्रीक दल भन्न रुचाउने हरुलाई प्रश्नै प्रश्न छ । उनिहरुले प्रारम्भमा भनेजस्तो विश्वमा राजतन्त्र र सामन्तबादको अन्त्य भएर आएको प्रजातान्त्रीक भनिने व्यवस्थामा आम मान्छेमा समानता आयो ? मौलिक हक, वाक स्वतन्त्रता, मानव अधिकार, विधिको शासन, संसदीय सर्बोच्चता जे–जे भने पनि उत्पादनको साधन समिति मान्छेको हुने अनि नवउदार बाद लागु गर्ने । त्यसो भएपछि उत्पादनको साधन नभएका गरिव मजदुरको दैनिकी त बेहालै हुने हो । नाङ्गो शरिर खाली पेट लिएर बसेका मान्छेले पुँजीपतीहरुको लुटलाई प्रजातन्त्र भनेर नचिदिनु पर्ने रे ! विश्वमा त्यस्तो त भएन फेरि प्रजातान्त्रीक भनिने पुँजिवादी व्यवस्था विरुद्ध मजदुरले संघर्ष गरे विश्व राजनीतिमा पूँजिवादकै गर्भबाट माक्र्सवाद जन्मीयो । सन् १८४८ मा मजदुर मुक्तीको मार्ग निर्देशक कम्युनिष्ट घोषणा पत्र प्रकाशित भएपछि बल्ल मजदुरले आफ्नु बैचारीक खुराक प्राप्त गरे पुँजिवादी शोषणको असली रुप चिन्ने मौका पाए विश्वका मजदुरले पुँजिवादीहरुको भ्रमबाट मुक्त भए ।

 

प्रजातान्त्रीक शक्तीले जती भ्रम फैलाए पनि पुँजीवादको भ्रम मार्क्सवादले औल्याइसकेको छ । अतिरिक्त शोषण्को पर्दाफास मार्क्सवादले गरिसक्यो । अतिरिक्त मूल्य मार्फत पुँजीपती बर्गले कसरी शोषण गर्दछ भन्ने कुरा मजदुरलाई प्रष्ट भएछि विश्व राजनीतिमा श्रमिक मजदुरहरुले पुँजिपतीको साथ छोडेको पाइन्छ । त्यसपछि संसारका मजदुर एक हौं भन्ने नारा लाग्यो । त्यस पछि पुँजिवाद विश्वमा मजदुर क्रान्ती आर्थात कम्युनिष्ट भए । पेरिस कम्युन अक्टोवर क्रान्ती, चिनीया क्रान्ती लगायत यि क्रान्तीहरु पुँजिपतीको भ्रमबाट मुक्त भए कम्युनिजम प्राप्तीको क्रान्तीहरु भए । त्यसकारण माक्र्सवाद भनेको सम्पूर्ण शोषित बर्गको मुक्तीको दर्शन भन्ने प्रस्ट छ । यो दर्शनको विकल्पमा श्रमिक बर्गको अर्को दर्शन देखा परेको छैन । शोषित बर्गले मार्क्सवाद बाहेकबाट आफ्ना भक्ती सोचियो भने त्यो भ्रम हुने छ । त्यो फेरि दुःख नै हुने छ ।

 

कि पुँजिवाद कि मार्क्सवाद पुँजिवाद शोषणको प्रतिक माक्र्सवाद समानताको प्रतिक हो । यसको विकल्पमा जाने भन्ने कि काल्पनिक समाजवादी हुन कि अरु छैन । यि दुइवटा भन्दा छुट्टै भनेर थाले पनि सारत पुँजिवादै हुन्छ । भारतीय राजनीतिमा राम मनोहर लोहिया हरुले पुँजिवाद र साम्यबादको विकल्पबाट जाने भनेपनि कहाँ पुग्यो त त्यो अभियान ? विचैमा सकियो । त्यस्तै काल्पनिक समाजबादीहरुको नियत असल भए पनि त्यो बस्तुवादी थिएन । विचैमा सकियो ।

 

नेपालको राजनीतिक दल बारे कुरा गर्दा पनि के देखिन्छ भने प्रचण्ड गोर्खा, प्रजापरिषद देखि नेपाली कांग्रेसको राजनीतिक दर्शन पश्चिमा पुँजिवादीको नै हो । उनिहरुले बेलायती मोडेलको प्रजातन्त्र भनेकै हुन । पछि वि.पि. ले भारतका राम मनोहर लोहिया कै सिको गर्दै हामी साम्यवाद र पूँजिवादको विकल्पबाट जान्छौ भनेर समाजबादको अवधारणा अघि सारे सारत वि.पि. को त्यो अवधारणा खासमा पुँजिजादी अवधारणा थियो । उनको मान्यतामा निजी सम्पतीको मान्यतालाई जस्ताको तस्तै राखेर समाजबादको परिकल्पना हास्यास्पद थियो । त्यहि कारण राजा पनि मान्ने अनि समाजबादका कुरा पनि गर्ने यो अप्राकृतिक अवधारणा थियो त्यसै मान्यता अनुसार २०३३ सालमा वि. पि. ले राजाको भन्दा मेरो टाउको माथी भनेर मेलमिलापको निती लिएर आए । त्यसकारण नेपाली कांग्रेसले बोकेको दर्शन पुँजिवाद हो । नेपाली जनताले नेपाली कांग्रेसको दर्शन र बर्गचरित्र २००७ सालदेखि सुरु भएर त्यस पछिका विभिन्न राजनीतिक उतारचढाव देखि २०४६ साल यताका उसका आर्थिक समाजिक पक्ष व्यवहारको कसिबाट बुझि सकेका हुन राजनीतिक रुपमा दिल्ली सम्झौता देखि सामन्तबाद र विस्तार बादसँग सम्झौता गरेको पार्टी हो यसलाई अर्को शब्दमा भन्दा विश्व पुँजिवादले सामन्तबादसँग जसरी अपवित्र गठबन्धन गर्‍यो त्यहि दर्शनबाट चलेको नेपाली कांग्रेस ले नेहरुको दिर्देशनमा दिल्ली सम्झौता गर्‍यो । त्यो सम्झौतालाई नितान्त नेपाली कांग्रेस मात्रलाई हेर्ने भन्दा पनि विश्व पुँजिवादकै चरित्र अनुसार भएको हो । जव सामन्तसँग सम्झौता गरिन्छ के को जनतन्त्र ? के को समानता त्यसकारण कांग्रेसको बर्ग चरित्रलाई हेर्ने हो । त्यो पार्टीको कुन नेताले के भन्दछ चुनावी घोषणा पत्रमा के लेख्छ चुनावमा के आश्वासन दिन्छ । भन्ने कुरामा विश्वास गर्नाले जनताले दुःख पाइरहेका छन् ।

 

अर्कोतर्फ कम्युनिष्ट पार्टीको कुरा गरौ । यो लेखमा नेकपाको सबै उतार चडावहरु त लेख्न सम्भव छैन तर के प्रस्ष्ट हो भने विश्वकै शोषित उत्पीडित जनताहरुको मुक्तीको लागि माक्र्सवाद नै चाहिन्छ । तर नेपालमा बर्तमान अवस्थामा सरकार चलाइ रहेको पार्टी र अहिलेको राज्य व्यवस्थाबाट भने सम्भव छैन भन्ने कुरा सचेत नागरिकहरुले बुजि सकेका छन् । किनकि एमाले र माओवादी केन्द्र यि दुई पार्टी बर्ग संघर्ष छोडेर बर्ग समन्वयमा आएका र माक्र्सवादी सिद्धान्तबाट स्खलित पार्टीहरु हुन । यो कुरा बहस गरेर प्रष्ट पार्न सकिन्छ । तर जनताले सैद्धान्तिक दार्शनिक कुरा नबुजेता पनि व्यवहार त देखीसके । बर्तमान डवल नेकपाको, पञ्चायत, नेपाली कांग्रेस र यो बर्तमान सरकारबाट खासगरि दुर दराजका निमुखा गरिवहरुले भिन्नता त पाएनन यो कुरा त जनताले भनिरहेका छन् नताबाद, दलाली हत्या बलात्कार ले देश बबार्द भएको छ । राष्ट्रिय उद्योग धन्दा स्वरोजगार कहि केहि छैन करबाट उठेको र विदेशीबाट ल्याएको ऋण जम्मा गरेर विकास भनेर पढाउने र त्यो रकम सरकारी पार्टीका मान्छेले एक चौथाइ काममा लगाउने बाँकी खल्तीमा हाल्ने यहि त हो अहिलेको यथार्थ । स्वस्फूर्त हुने विकास त पञ्चायतमा पनि त हुन्थ्यो । बाटो घाटो खन्ने केहि पुल हाल्ने काम पञ्चहरुले पनि गर्थे । त्यो काम त गैर कम्युनिष्टले गर्ने नै भए किन यसो भयो त भन्दा नेपालको प्रतिकृयाबादी बर्ग लाई त्रान्ती मार्फत हटाएर जनताको राज्य आउन नसक्नु हो । यसमा यो पार्टी हटेर कांग्रेस आउदा विकास हुने परिवर्तन हुने नै होइन । कांग्रेस त झनै भ्रष्ट छ । के पञ्च, राजा आउदा नेपाली जनताले सुख पाउछन त ? त्यो झनै होइन समाजको गति पछाडि फर्कने होइन अगाडि बढ्ने हो ।

 

अब निचोडमा जाउ, नेपालका गरिव निमुखा शोषित जनताले के गर्दा अधिकार पाउछन भन्ने प्रश्न उठ्छ यसको उत्तर के भन्न सकिन्छ भने नेपालमा बर्तमान दलाल पुँजिवादी सत्तालाई नयाँ जनवादी क्रान्ती मार्फत अन्त्य गरेर नयाँ जनवाद प्राप्त गरेपछि मात्र जनताले अधिकार पाउछन त्यसको लागि नेपालमा कुन पार्टीको नेतृत्वमा त्यस्तो क्रान्ती पूरा हुन्छ त भन्दा ठ्यक्कै त्यस्तो बनिबनाउ पार्टी अहिले नेपालमा छैन । विप्लप र बैद्य नेतृत्वको पार्टीबाट नेपालमा क्रान्ती सम्भव छैन किन कि यि पार्टीको बर्तमान नेतृत्वको मनोविज्ञान विगतको माओवादी आन्दोलनमा देखा परेको नकारात्मक प्रबृतिबाट मुक्त छैन त्यो भनेको पार्टी आन्तरिक जीवनमा द्वन्द्वात्मक भौतिकबाद नभएर एकमनाबाद छ । उपभोगवाद छ । जव पार्टी जीवनमा द्वन्द्वात्मक भौतिकबाद रहदैन ती पार्टीहरु बाट क्रान्ति असम्भव हुन्छ । अर्कोतीर माओवादी मान्यता भन्दा अरु नै मान्यताबाट चल्न खोजेको देखिन्छ । ठोस रुपमा भन्ने हो भने अहिले क्रान्तीकारी देखिएका बैद्य र विप्लप नेतृत्वको पार्टी संगठनमा र सदस्यहरुमा मार्क्सवादी नैतिकता लाई आफ्नै जीवन व्यवहारमा उतार्ने काम त्यहा छैन । जव पार्टीले अघि सारेका समसामयिक गतिविधि र संघर्षमा त देखिने तर मार्क्सवादी नैतिकतालाई व्यवहारमा उतार्ने इच्छा शक्ती नभएका मान्छेले भरिएको पार्टीलाई सिमित नेताको मनोमानिमा जता पनि लान सक्छन । त्यसैले नेपालमा नयाँ जनवादी क्रान्ती पूरा गर्न ने.क.पा. (माओवादी) को पुनरगठन आवश्यक छ । त्यस्तो पार्टी जुन पार्टी विगतको माओवादी आन्दोलनका नकारात्मक कुराबाट पाट सिक्दै लोनिनबादी संगठनात्मक सिद्धान्तलाई कडा रुपमा पालना गर्ने । संख्या थोरै भएपनि द्वन्दात्मक भौतिकवाद लाई कोर भएर पालना गर्ने पार्टी निर्माणको आवश्यकता छ । यसो नगरे सम्म नेपाली श्रमिक जनता यो र त्यो पार्टी संसदबादी पार्टीको पछि लागेर दुःख पाउनु बोहक अरु विकल्प छैन ।

 

सफल नेपाल साप्ताहिक वर्ष १२ अंक ९, २०७६ भदौ १९ गतेको अंकबाट

प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६