• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

सवारी दुर्घटनामा परि अमेरिकामा एकै परिवारका ३ नेपालिको मृत्यु , २ घाइते

प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६

सिन्धुली साैगात संवाददाता

अमेरिकाको मुसौरी हाईवेमा मंगलबार भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक नेपाली दम्पत्तिसहित तिनको छोरीको मृत्यु भएको पुष्टि भएको छ । सोही परिवारका २ सदस्य गम्भीर घाइते भएका छन ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएका उनीहरूलाई सोही दिशामा गइरहेको पिकअप ट्रकले ठक्कर दिएपछि मंगलबार दुर्घटना भएको थियो ।

अमेरिकी प्रहरीले दुर्घटनाका मृतक र घाइतेको नाम सार्वजनिक गर्दै गोविन्द खनाल, शान्ता खनाल र शारदा खनाल ओझाको ज्यान गएको पुष्टि गरेको हो । शान्ता नाताले गोविन्दका श्रीमती र शारदा छोरी रहेकी छिन ।

जोप्लिनग्लोब डटकमले घटनाबारे अपडेट गर्दै गोविन्दको घटनास्थलमै र आमा, छोरीको उपचारका क्रममा मृत्यु भएको लेखेको छ ।

दुर्घटनामा कारका चालक शान्ताका श्रीमान् प्रभास ओझा र उनका ४ वर्षीय छोरा घाइते भएका छन् । अस्पताललाई उद्धृृत गर्दै त्यहाँको प्रहरीले जनाएअनुसार स्थानीय अस्पतालमा उपचाररत उनीहरूमध्ये प्रभासको अवस्था स्थिर छ । उनका छोरा गम्भीर घाइते छन ।

टोयोटाको आरएभी ४ मोडलको गाडीमा सवार उनीहरू कहिले र कसरी अमेरिका पुगेका हुन् भन्ने समाचारमा खुलेको छैन । घुमफिर या अन्य अरू के प्रयोजनका लागि सपरिवार एउटै गाडीमा सवार थिए भन्ने पनि अस्पष्ट छ ।

घटनामा प्रहरीले अन्य सवारीका दुई चालकलाई नियन्त्रणमा लिएको छ तर पहिचान खुलाएको छैन । द जोप्लिन ग्लोबका अनुसार, घटनाबारे अहिले दी मेजर जोप्लिन पुलिस विभागले अनुसन्धान गरिरहेको छ ।