• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

बहिनी अर्पिता खानको घरमा सलमान र क्याटरिना फेरी एक साथ (भिडियो भाइरल)

प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

सिन्धुली साैगात संवाददाता

गणेश चतुदर्शीको अवसरलाई बलिउडकर्मीहरू विशेष महत्व दिने गरेका छन । कलाकारहरुले आफ्नो घरमा उत्सवका साथ यो दिन मनाँउछन । सबैले गणपति बाबाको मुर्ति बनाइ पुजा समेत गर्छन ।

यस्तै बलिउडका दबङबोय सलमान खानले बहिनी अर्पिता खानको घरमा गणपति बाबाका पूजा गरेका छन्। खान परिवार सरिक भएको पूजामा केटरिना पनि सामेल भएकी थिइन्।

अर्पिताले केटरिना कैफलाई विशेष रूपमा निमन्त्रणा गरेको बताइएको छ। कैफले पनि पूजा गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ।

भिडियोमा क्रिश्चियन धर्ममा आस्था राख्ने कैफले धर्मको सम्मान गरेको भन्दै सामाजिक संजालमा सकारात्मक टिप्पणी भइरहेको छ।