• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

सुन एक हजारले फेरि बढ्यो

प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

सिन्धुली साैगात संवाददाता

आज सुनको मूल्य एक हजारले बढेको छ । मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य रु ४५ ले बढेको छ । मंगलबार तोलामा रु ८९५ मा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा रु ४५ बढेर ९४० मा कारोबार भएको हो ।