• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सामुहिक दुना –टपरी उद्योगबाट २० जना महिला स्वरोजगार बन्दै

सिन्धुली सौगात

सिन्धुलीको दुधौली नगरपालीका वडा ११ स्थित खुसियाली कृषि तथा उद्यमशिल सहकारी संस्थामा आवद्ध २० जना महिलाले सामुहिक दुना –टपरी उद्योगबाट मनग्य आम्दानी लिन थालेका छन् । जंगलमा रहेको पात संङ्कलन गरीे सामुहिक दुना –टपरी उद्योगलाई व्यवसायिक रुपमा संचालन गर्न थाले पछि महिलाले मनग्य आम्दानी लिन थालेका हुन् । उनीहरु सामुहिक दुना,टपरी व्यवसाय उद्योगबाट स्वरोजगार पनि बन्दै गएका छन् ।

 

जंगलमा सुकेर,कुहियर तथा खेर जाने सालको पातबाट खुसियाली कृषि तथा उद्यमशिल सहकारी संस्थामा आवद्ध २० जना महिलाको दुना –टपरी उद्योगबाट जिविकोपार्जन हुने गरेको उद्यमशिल सहकारीका संयोजक लक्ष्मी कार्कीले बताईन् । खेर गइरहेको प्राकृतिक श्रोत साधनको सही सदुपयोग गर्ने सके आफ्नै ठाउँमा पनि विभिन्न व्यवसायबाट मनग्य आम्दानी लिन सकिने संयोजक लक्ष्मीको भनाई छ ।

 

हाल सालको पातबाट २० जना महिलाहरु आत्म निर्भर हुदैँ गएको र अव यसको विस्तार गरी १ सय महिलालाई व्यवसायिक दुना,टपरीको माध्यमबाट आत्मा निर्भर बनाईने योजना रहेको उनले बताई्न् । उद्यमशिल सहकारीका संयोजक लक्ष्मीले आर्थिक रुपमा दुना,टपरीबाट महिलालाई आत्मा निर्भर बनाउने मात्र नभई सिन्धुली जिल्लालाई नै प्लाष्टिक मुक्त गराई, दुना,टपरीमा आत्मा निर्भर बनाउने लक्ष्य रहेको उनले बताईन् । जिल्लालाई स्वच्छ्,सुन्दर,हरावरा र सरसफाई मुक्त बनाउनका लागी प्लाष्टिकजन्य सामाग्रीहरुको न्युनिकरण गर्न पनि सालको पातबाट निर्माण गरिएका दुना,टपरीले ठुलो मदत्त पुर्याउने उनको भनाई छ ।

 

महिलाले संचालन गरेको दुना,टपरी उद्योगलाई प्रभावकारी तथा व्यवसायिक ढंगले विस्तार गर्नेका लागी दुधौली नगरपालीकाका प्रमुख तथा उपप्रमुख,वडा अध्यक्ष लगाएत सरोकारवालाहरुसँग आवश्यक सहयोग माग गरिएको उनले बताइन् । मिहेनत गर्ने हो भने जंगलमा खेर गईरहेका सालको पात पनि लाखौँलाख आम्दानीको स्रोत हुने उनको भनाई छ ।

 

प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६