• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

एसइई अन्तर बिद्यालय ट्वान्टि टवान्टि क्रिकेट टुर्नामेन्टको उपाधि भगवती ईङलिस बोर्डिङ स्कुललाई

सिन्धुली सौगात

सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा सम्पन्न एसइई अन्तर बिद्यालय ट्वान्टि टवान्टि क्रिकेट टुर्नामेन्टको उपाधि भगवति ईङलिस बोर्डिङ स्कुलले जितेको छ । आईतबार भएको फाईनलमा न्यु ईङलिस बोर्डिङ स्कुललाई ५ विकेटले हराउँदै भगवतिले उपाधि जितेको हो ।

 

यस अघि हिजो भएको यी दुई बिचको फाईनल खेल बर्षाका कारण बिचमै रोकिएको थियो । शनिवार बर्षाले खेल रोकिनु भन्दा अघि न्यु ईङलिसले १४ ओभरमा ८ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । १५ ओभरमा छोट्याईएको खेलमा हिजोकै स्कोरबाट खेल्न थालेको न्यु ईङलिस १४ दशमलव ४ ओभरमा मात्र ६५ रन बनाउँदै अलआउट भयो ।

 

जवाफमा ६६ रनको लक्ष्य पछ्याएको भगवतिले खेलको १० औ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । भगवतिका लागि अलराउण्डर सन्तोष क्षेत्रिले १० बलमा सर्वाधिक १५ रन बनाएका थिए भने बलिङ तर्फ पृथ्वि शाहले ३ ओभरमा सर्वाधिक ४ विकेट लिएका थिए ।

 

जितसँगै उपाधि विजेता भगवतिले नगद ७ हजार रुँपैया सहित ट्र्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता न्यु इङलिसले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

 

जिल्ला क्रिकेट संघ सिन्धुलीको आयोजनामा साउन ३२ गते देखी सुरु टुर्नामेन्टमा ६ सिन्धुलीमाढीका ६ वटा बिद्यालयको सहभागिता रहेको थियो । टुर्नामेन्टलाई जिल्ला क्रिकेट संघ सिन्धुली, बबि मेडिकल हल, भगवति चाईल्ड क्लब र टुटेश्वर नाथ खानेपानीले प्रायोजन गरेका थिए ।

प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६