• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सरकारी सवारी साधन चलाउन कडाई

सिन्धुली सौगात

सिन्धुलीमा सार्वजनिक बिदाका दिन सरकारी तथा संस्थानको सवारी साधन चलाउन कडाई गरिने भएको छ । सार्वजनिक सवारी साधनको दुरुपयोग बढेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सार्वजनिक बिदाका दिन चल्ने सवारी साधनलाई कडाई गर्ने निर्णय गरेको हो ।

 

सवारी साधन चलाउनै पर्ने अत्यावश्यक भए जिल्ला प्रशासन कार्यलय सिन्धुलीबाट पास लिनुपर्ने प्रावधान छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय सिन्धुलीले शनिवार मात्रै ७ वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ ।

 

सार्वजनिक बिदाका दिन बिना पास वा अनुमति सरकारी तथा संस्थानको सवारी चलाए कारबाही गर्ने आदेश भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सिन्धुलीका प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले जानकारी दिए ।

 

सार्वजनिक बिदाका दिन सवारी साधन चलाएको पाईए नियन्त्रणमा लिई साँझ ६ बजे पछि वा भोलिपल्ट मात्रै छाडिने पाण्डेले बताए । सार्वजनिक बिदाका दिन चल्ने सवारी साधनमा कडाई गर्न जिल्लाका ट्राफिक सहित सबै प्रहरी युनिटलाई खबर गरिसकिएको पनि उनले जानकारी दिए ।

 

प्रकाशित मिति : आइतवार, भदौ १, २०७६