• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

रचना बाचन कार्यक्रम

सिन्धुली सौगात

प्राचिन सिन्धुली कृति लोकार्पन तथा रचना बाचन कार्यक्रम शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । गोबिन्द गोदार थापाद्धारा लिखित “प्राचिन सिन्धुली”नामक पुस्तक लोकार्पनको सन्दर्भमा रचना बाचन गरिएको हो ।

 

कार्यक्रममा ३० जनाले रचना बाचन गरेका थिए । जसमध्य बिशेष बाचकको रुपमा गजलकारहरु झापा लोकेन्द्र बन्जारा,काठमाडौँका उज्वल उजागर , चितवनकी अम्बिका कार्की अम्बु र सिन्धुलीकी रेस्मा राना मगरले आफ्ना रचनाहरु बाचन गरेका थिए ।

 

गोदार थापा राष्ट्रिय सेवा केन्द्र जिल्ला कार्य समिति सिन्धुलीका अध्यक्ष गोकर्ण थापाको अध्यक्षता तथा लेखक तथा साहित्यकार गोबिन्द गजुरेलको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा राष्ट्र प्रेमिल तथा समाजका विकृती विसंगती विरुद्धका र मायाप्रेमले ओतपोत रचनाहरु प्रस्तुत भएका थिए ।

 

कार्यक्रम गोदार थापा राष्ट्रिय सेवा केन्द्र जिल्ला कार्य समिति सिन्धुली र उमानाथ शास्त्रि सिन्धुलीय साहित्यिक प्रतिष्ठानको संयोजनमा संयुक्त रुपमा आयोजना गरिएको हो ।

 

प्रकाशित मिति : आइतवार, भदौ १, २०७६