• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सिन्धुलीका २ हजार बालबालीकाको मुटु परिक्षण गरिदैँ

सिन्धुली सौगात

नेपाल हृदय रोग निवारण प्रतिष्ठानले आज (आईतबार) सिन्धुलीमाढी स्थित गौमती माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालय फोस्रटारका २ हजार बालबालीकाहरुको निशुल्क मुटु परिक्षण गदै छ । परिक्षणका क्रममा कोही बालबालीकाहरुमा मुटु सम्बन्धि कुनै समस्या देखा परे निःशुल्क औषधि उपचार समेत प्रतिष्ठानले गर्ने प्रतिष्ठानका केन्द्रिय महासचिव डाक्टर प्रकाशराज रेग्मीले जानकारी दिए ।

 

यस्तै नेपाल हृदय रोग निवारण प्रतिष्ठान सिन्धुलीको प्रथम जिल्ला अधिवेशन तथा अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । शनिवार प्रतिष्ठानको तदर्थ समितिका संयोजक माणिक ढकालकोे अध्यक्षता तथा केन्द्रिय अध्यक्ष दीपेन्द्र पुरुष ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

 

प्रथम अधिवेशनले पुनःमाणिक ढकालको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसमा गोपाल पौडेल,अशोक श्रेष्ठ, प्रल्हाद पोखरेल,गोमा प्रधान,हितलाल श्रेष्ठ,नवराज श्रेष्ठ,शान्ता कार्की लगाएत सदस्यहरु रहेका छन् ।

 

कार्य समितीले आज (आईतबार) कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्ग बहादुर खत्रीको कार्य कक्षमा पहिलो बैठक बसी कार्य समिती भित्रका विभिन्न पदहरु खुलाईने र सोही वैठकले ४ सदस्यीय मनोनित गर्ने नेपाल हृदय रोग निवारण प्रतिष्ठान सिन्धुलीका अध्यक्ष ढकालले जानकारी दिए ।

 

नयाँ कार्य समितीलाई प्रदेश साँसदहरु विनोद खड्का, प्रदिप कटुवाल,जिल्ला समन्वय समितीका प्रमुख शंकर तिवारी (वर्मा),नेपाली काँग्रेस सिन्धुलीका सचिव दिपक घिमिरे लगाएत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष दीपेन्द्र पुरुष ढकालले क्रियाशिल्ताको लागी शुभकामना दिए ।

 

केन्द्रिय अध्यक्ष ढकालले प्रतिष्ठानको शाखा ७७ वटै जिल्लामा पुर्‍याउने लक्ष्य सहित सदस्यता विस्तार गदैँ गएको बताए । कुनै स्वार्थमा नलागी निस्वार्थ भावनाले जिल्लामा अव्यवस्थित जिवनशैलीका कारण लाग्ने गरेका रोगहरुको उपचार प्रवर्दद्धनका लागी प्रयास गर्न सुझाव पनि दिए ।

नयाँ कार्य समितीका अध्यक्ष माणिक ढकालले निस्वार्थ भावनाले सक्रिय भएर असल नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरे । यस समितीले जीवनशैली उपचार प्रर्वनका लागी प्रयास गर्ने जनाईएको छ । जसअन्र्तगत यस समितीले जिल्लामा विभिन्न अभियानहरु संचालन गर्ने छ ।

 

यसैविच कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय महासचिव डाक्टर प्रकाशराज रेग्मीले कार्यक्रमका सहभाागिहरुलाई मुटुरोगका रोगहरुको जीवनशैली उपचार सम्बन्धि विभिन्न जानकारीहरु समेत गराएका थिए ।

 

प्रकाशित मिति : आइतवार, भदौ १, २०७६