• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

न्याय भनेको सुरक्षा हो : न्यायिक संयोजक देवकोटा

सिन्धुली सौगात

कमलामाई नगरपालिका सिन्धुलीको उपप्रमुख तथा न्यायिक समितीका संयोजक मञ्जु देवकोटाले न्याय क्षेत्रलाई पहिलो प्राथामिकता दिईने प्रतिवद्धता जाहेर गरेकी छिन् । नगरपालिकाको वडा नम्बर–९ भिमानमा आयोजित सामुदायिक मेलमिलाप विषयक छलफल तथा समिक्षा कार्यक्रममा उनले यस्तो प्रतिवद्धता जाहेर गरेकी हुन् ।

 

“न्याय भनेको शान्ती सुरक्षा हो”उनले भनिन,“म न्याय क्षेत्रलाई पहिलो प्रथामिकता दिन्छु ।” नगरवासीको साथ र सहयोगबाट असम्भव काम पनि सफल बनाउन सकिने उदाहरण दिँदै उनले शोषण तथा अन्यायमा परेकाहरुलाई न्याय दिलाउन आफु कटिबद्ध रहेको बताईन् ।

 

कानुन दस्तावेज अनुसार सबैले नियम पालना गर्नु पर्ने उनको भनाई छ । टोलबस्तीहरुमा न्यायको पहुँच पुर्याउनु पर्ने बताउँदै उनले शुसासन र मानव अधिकार, शान्ति विकासको क्षेत्रमा फडको  मार्न पनि सबैलाई आग्रह गरिन् ।

 

यसैविच जिल्लाको उत्कृठ केन्द्रका रुपमा नगरको ९ नम्बर वडा कार्यालयको मेलमिलाप केन्द्र छनोट भएको छ । न्यायिक संयोजक देवकोटाले सोही मेलमिलाप केन्द्रलाई न्यायिक सम्पादनमा उत्कृष्ट भएकोमा बधाई दिदैँ नगद १० हजार र प्रसंशा पत्रले सम्मान गरिन् ।

 

कमलामाई नगरपालिका–१० का वडा अध्यक्ष देवराज पौडेलको अध्यक्षतामा संचालित कार्यायक्रममा,कानुन अधिकृत टंक विक्रम थापा,ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी निरिक्षक कमला थापा,सामुदायिक मेलमिलापकर्ता समाज नेपाल सिन्धुलीका जिल्ला अध्यक्ष पार्वती भट्राई लगाएतकोे उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६