• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

बजार अनुगमन हुने

सिन्धुली सौगात

कमलामाई नगरपालिका अन्तरगत रहेका बजार क्षेत्रहरुमा हुने उपभोग्य लगायत अन्य वस्तुहरुको गुणस्तर मुल्य र तौललाई व्यवस्थापन गर्न अनुगमन गरिने भएको छ ।

 

कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिंह लगाएको उपस्थितीमा शुक्रबार विहान नगरपालिका हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

 

शुक्रबार बसेको बैठकले प्रत्येक महिना कमलामाई नगरपालिका,जिल्ला प्रशासन कार्यालय,उद्योग वाणिज्य संघ र सम्बन्धित अन्य सरोकारवाला निकायहरुको टोलीबाट अनुगमन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । कसैले कालोबजारी गरेको, मिसावट गरेको र अखाद्य सामान विक्रि वितरण गरेको पाइए कारर्वाही गरिने सम्बन्धित निकायको भनाई छ ।

 

बैठकमा सिन्धुलीमाढी तथा माढीबजारका आसपास क्षेत्रमा हुने गरेका अव्यस्थित पार्किङ्ग,सम्भावित दुर्घटना र असहजताको बारेमा पनि छलफल गरिएको छ ।

 

यस्तै सिन्धुलीमाढी बजार क्षेत्रभित्र उपयुक्त पार्किङ्ग खोजी गर्न ३ सदस्यि कार्यदल गठन गरिएको छ । कार्यदल सदस्यीयमा जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका असई रामेश्वर पाण्डे,उद्योग वाणिज्य संघकाका प्रतिनिधि राजकुमार राज भण्डारी र कमलामाई नगरपालिकाका असई बुद्धि राज श्रेष्ठ रहेका छन् ।

 

गठित कार्यदलले आगामि भाद्र १ गते भित्र उपयुक्त पार्किङ्ग स्थलको विवरण कमलामाई नगरपालिकालाई उपलब्ध गराउनु पर्ने छ ।

 

प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६