• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सूचना आयोगका प्रमुख आयुक्त बाँस्कोटा सिन्धुलीमा

सिन्धुली सौगात

नेपाल सरकार सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटा शुक्रबार सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा आईपुगेका छन् । जिल्लामा बजेटको कार्यन्वयन, जनप्रतिनिधिका अधिकार र मुलुकको संघिय व्यवस्थाका सम्बन्धमा अभिमुखिकरण गर्ने उद्देश्यले सिन्धुली आईपुगेका जनाईएको छ ।

 

जिल्ला प्रशासन कार्यलय सिन्धुलीमा उनले शुक्रबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए । अन्र्तक्रिया कार्यक्रममा प्रमुख आयुक्त बास्कोटाले बजेटको कार्यन्वयन, जनप्रतिनिधिका अधिकार र मुलुकको संघिय व्यवस्थाका सम्बन्धमा सार्वजनिक सूचनामा आम नागरिकको सरल र सहज पहुँच पुर्‍याउँदै सुचनाको संरक्षण गर्नु तथा राष्ट्र र नागरिकको हितमा प्रतिकुल असर पार्ने संवेदनशिल सुचनाको संरक्षणमा सार्वजनिक निकायको दायित्वका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

सार्वजनिक निकायहरुबाट सम्पादित काम कारर्बाही र क्रियाकलापहरुको सुचना सर्वसाधारण नागरिकको हक सुनिश्चित गर्न संबिधानको धारा २७ र सुचनाको हक सम्बन्धि ऐन २०६५ ले प्रदत गरेको नेपाली नागरिकको सुचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गर्नका लागी स्वतन्त्र राष्ट्र्रिय सुचना आयोगले व्यवस्था गरेको उनले बताए ।

 

प्रमुख आयुक्त बाँस्कोटा शनिवार र आईतबार सिन्धुलीको हरिहरपुरगढी र मरिण गाउँपालिका पुगेर यिनै विषयमा अभिमुखिकरण गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

 

प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६