• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सिन्धुलीमाढीमा(एसईई) टि–ट्वान्टि क्रिकेट हुने

सिन्धुली सौगात

सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा एस ई ई अन्तर बिद्यालय नक आउट ट्वान्टि ट्वान्टि क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।

 

जिल्ला क्रिकेट संघ सिन्धुलीको आयोजनामा यही साउन ३२ गते देखी सिन्धुलीमाढी स्थित खुलामञ्चमा सहभागी हुने प्रतियोगिताकोे सबै टिम भने टुंगो लाग्न बाँकी रहेको आयोजकले जनाएको छ ।

 

टिम दर्ताका लागी आज शुक्रबार सम्मको समयावधि तोकिएको छ भने शुक्रबार नै खेल तालिका सावर्जनिक हुनेछ । टि– टवान्टि फम्र्याट भए पनि पुरा खेल १५ /१५ ओभरको मात्र हुनेछ । जिल्ला क्रिकेट संघ सिन्धुली, बबि मेडिकल हल सिन्धुली, भगवति चाईल्ड क्लब र टुटेश्वर नाथ खानेपानी टुर्नामेन्टको प्रायोजक रहेका छन् ।

 

टुर्नामेन्टको विजेताले नगद ७ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप विजेताले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६