• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

अण्डर १७ फुटबल टुर्नामेन्टको उपाधि मधुटार (ए) लाई

सिन्धुली सौगात

सिन्धुली – सिन्धुलीमाढीमा आयोजित अन्तर क्लब नकआउट अण्डर १७ फुटबल टुर्नामेन्टको उपाधि मधुटार (ए) ले जितेको छ ।

 

आईतबार भएको फाईनलमा रातमाटा (ए) लाई ३–० गोलअन्तरले हराउँदै मधुटार (ए) ले उपाधि जितेको हो । मधुटारका लागी सुबास दनुवार, पुरन मगर र अबिस्कार क्षत्रिले समान एक एक गोल गरेका थिए ।

 

 

उपाधि सँगै विजेता मधुटार (ए) ले ट्रफी, गोल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता रातमाटा (ए) ले ट्रफी, शिल्भर मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विजेताहरुलाई जिल्ला फुटबल संघ सिन्धुलीका अध्यक्ष लक्ष्मण देवकोटाले नगद ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे ।

 

जिल्ला फुटबल संघ सिन्धुलीको सहयोग र मधुटार युनाईटेडको आयोजनामा मंगलबार देखी सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चौरमा आयोजित टुर्नामेन्टमा १० टिम सहभागी रहेको थियो ।

 

 

टुर्नामेन्टको अफिसियलमा मुख्य रेफ्री मिलन भुजेल, सहायक रेफ्री टिका भुजेल र निर्दोष तामाङ रहेका थिए ।

 

प्रकाशित मिति : सोमवार, साउन १३, २०७६